२०८३ कात्तिक ३ , सोमबार
Sadarline
२०८३ कात्तिक ३ , सोमबार

डेटोनेटरसहित भारतमा नेपाली नागरिक पक्राऊ



detonatorभारतको उत्तरा खण्डमा सडक बनाउने कार्यमा सक्रिय कालिकोटका ६२ वर्षिय गोपाल प्रसाद अधिकारी अवैध विष्फोटक ‘डिटोनेटर’ सहित सीमा क्षेत्रकै भारतीय नाका रुपैडिहामा पक्राउ परेका छन् ।
उनलाई भारतको सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) रुपैडिहा चेक पोष्टले अवैध विष्फोटक पदार्थ ओसारपसारमा संलग्न रहेको आरोपमा नियन्त्रणमा लिएर अनुसंधान अघि बढाएको जनाएको छ ।
भारतीय एसएसबीको रुपैडिहा चेक पोष्ठमा तैनाथ एसएसविको सातौ बाहनीको एफ कम्पनीका सहायक सेनानायक रवि शंकर कुमारले दिएको जानकारी अनुसार कालिकोटका ६२ वर्षिय दुर्गाप्रसाद अधिकारीलाई ३८ पिस डेटोनेटर र २९ पिस सेफ्टी फ्यूज तारसहित नियन्त्रणमा लिएको थियो ।
पक्राउ परेका अधिकारी भारतको उत्तराखण्डको केदारनाथमा सडक निर्माण कार्यमा संलग्न मजदुर भएको र उनले त्यहाँ काम गर्ने क्रममा सो विष्फोटक जम्मा गरी घर लैजान लागेको  बयान दिएको बुझिएको छ ।
एसएसबीले घटनाको अनुसंधान पुरागरी आवश्यक कारवाहीको लागि पक्राउ परेका अधिकारीलाई भारतीय प्रहरीको जिम्मा लगाएको छ । भारतको सिमला तथा उत्तराखण्डमा मजदुरी गर्न जानेहरु अधिकांश मजदुरले नेपाल फर्कदा डिटोनेटर, फ्यूज वायर, लोला जस्ता विष्फोटक लिएर आउने सीमा क्षेत्रबाट पक्राउ पर्ने क्रम बढ्दो रहेको छ ।

 

प्रकाशित मिति : २०७३ असार ९ गते बिहीबार
ताजा समाचार