चितवनबाट एउटा बाघ बाँके निकुञ्जमा ल्याइयो

सदरलाइन संवाददाता २५ असार २०८०, सोमबार १३:४२
 

नेपालगञ्ज : चितवन राष्ट्रिय निकुञ्जले ६ वटा बाघको उद्धार गरेको छ । निकुञ्जको विभिन्न स्थानबाट ती बाघको उद्धार गरिएको हो ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारका अनुसार उद्धार गरिएका बाघमध्ये ३ वटालाई निकुञ्जमा छोडिएको छ । समस्याग्रस्त भएका, घाइते भएका बाघलाई उद्धार गरिएको उनले जानकारी दिए ।

उद्धार गरी ल्याइएका बाघको अवस्था हेरि निकुञ्जको कोर इलाकामा छाड्ने गरिन्छ । बाँके राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जमा १–१ वटा पठाइएको छ भने एउटालाई खोरमा राखेर उपचार भइरहेको उनले जानकारी दिए ।


उद्धार गरी ल्याइएका बाघ उपचारको क्रममा मर्ने र बानीमा सुधार आएपछि निकुञ्जमा छोडिने गरिन्छ । यस वर्ष उद्धार गरिएकोमा ४ वटा भाले र २ वटा पोथी बाघ रहेको निकुञ्जले जनाएको छ ।

गत आर्थिक वर्षमा निकुञ्जले समस्याग्रस्त र घाइते ७ वटा बाघको उद्धार गरेको थियो । जसमध्ये २ वटा उपचारका क्रममा मरेको, ४ वटाको आनिवानिमा सुधार आएसँगै निकुञ्जमा छाडिएको थियो । एउटा बाघलाई अहिले पनि निकुञ्जको खोरमा राखिएको उनले बताए । यस वर्ष उद्धार गरिएका बाघमध्ये २ वटा पोथी र ५ वटा भाले रहेका छन् ।

निकुञ्जको खोरमा बाघको सङ्ख्या बढेसँगै यहाँबाट बाघलाई विभिन्न निकुञ्जमा स्थानान्तरण गरिएको छ । निकुञ्जको मुख्यालय कसरामा रहेका खोरमा ३ वटा र सौराहामा रहेको खोरमा २ वटा बाघ रहेका छन् । पछिल्लो गणना अनुसार चितवन राष्ट्रिय निकुञ्जमा १२८ बाघ छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आजदेखि साउने सोमबारको व्रत शुरु

२५ असार २०८०, सोमबार १३:४२
नेपालगञ्ज : चान्द्रमास अनुसार पहिलो साउने सोमबारको व्रत असार २५ गते सोमबारदेखि शुरु भएको छ । सौरमास अनुसार यस वर्ष साउन महिनामा अधिकमास परेको छ । चान्द्रमास अनुसार दुईवटा सोमबारपछि अधिकमास सुरु हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएको पात्रोमा उल्लेख गरिएको छ । समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा […]