प्रधानमन्त्री स्वरोजगार कार्यक्रमबारे सूचना माग

सदरलाइन संवाददाता १२ असार २०८०, मंगलवार १५:१२
 

नेपालगञ्ज : प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत बाँकेको नरैनापुर गाउँपालिकामा व्यापक अनियमितता भएको जनगुनासो आएपछि सोको बारेमा सूचना माग गरिएको छ ।

सुचनाको हक सम्बन्धी ऐन २०६४ र नेपालको संविधान २०७२ को धारा २७ अनुसार सूचना अभियन्ता बाँके नरैनापुर–१ का अरुण तिवारीले सूचना माग गरेका हुन् । नागरिकको थाहा पाउने अधिकार अन्र्तगत तिवारीले सो विषयमा भएको अनियमितताबारे अध्ययन तथा अनुसन्धान गर्नका लागि सूचना माग गरेका हुन् ।


प्रधानमन्त्री रोजगार कार्यक्रमको कुल बजेट, काम गर्ने मजदुरको संख्या, दर रेट, के कति काम गरेको र कति पारिश्रमिक पाएको लगायत विषयमा सूचना माग गरिएको हो । नरैनापुर गाउँपालिकासंग माग गरिएको सूचनाको निवेदन पठाइएको छ ।

पछिल्लो समय राज्यका धेरै निकायहरुमा आर्थिक अनियमितता हुने गरेको जनगुनासो बढी आउने गरेको छ । स्थानीय तहहरुमा अलि बढी अनियमितताका घटना बाहिर आउने गरेको छ । नरैनापुर गाउँपालिकामा प्रधानमन्त्री स्वरोजगारकार्यक्रममा कामदारलाई काम नै न गराइ काम गरेको देखाइ ठूलो रकम हिनामिना गरिएको समाचारले प्रत्यक्ष रुपमा भ्रष्टाचार बढेको देखाउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

वाणिज्य बैंक नेपालगञ्ज शाखा प्रबन्धकलाई ८ वर्ष कैद

१२ असार २०८०, मंगलवार १५:१२
नेपालगञ्ज : किर्ते कागज बनाई ऋण प्रवाह गरेको अभियोगमा राष्ट्रिय वाणिज्य बैंकको नेपालगञ्जस्थित त्रिभुवनचोक शाखाका प्रबन्धक ललितकुमार शाहीलाई दोषी ठहर गर्दै विशेष अदालतले ८ वर्ष कैद सजाय सुनाएको छ । प्रबन्धक शाहीलाई कैदका साथै १ करोड २५ लाख रुपैयाँ जरिवानासमेत हुने भएको छ । बैंकका शाहीसमेतका कर्मचारीले किर्ते कागजातको आधारमा […]