२०८३ कात्तिक २ , आइतबार
Sadarline
२०८३ कात्तिक २ , आइतबार

विदाका दिनमा चलेका सरकारी गाडीमा अखिलको अवरोध



नेपालगञ्ज : नेकपा एमाले सम्वद्ध अनेरास्ववियु बाँकेले शनिबार सार्वजनिक विदाका दिनमा चलेका सरकारी सवारी साधन नियन्त्रणमा लिई प्रशासनलाई बुझाएको छ ।

विदाको दिनमा चलेका तर जिल्ला प्रशासनको अनुमति नभएका सरकारी जीप तथा मोटरसाईकल गरि ५० बढि सवारी साधन नियन्त्रणमा लिई प्रशासनको जिम्मा लगाइएको अनेरास्ववियुका केन्द्रीय सदस्य तथा बाँके जिल्ला इन्चर्ज सुमन घिमिरेले जानकारी दिए ।

अनेरास्ववियुका केन्द्रीय सदस्य घिमिरे, जिल्ला अध्यक्ष प्रकाश विक, महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जका स्ववियु सभापति माधव खत्री लगायतका विद्यार्थी नेता र कार्यकर्ताहरु चोकमा खटिएका छन् ।

प्रकाशित मिति : २०८० असार २ गते शनिबार
ताजा समाचार