केही नेताको निर्वाचन क्षेत्रमा बढी बजेट राख्नु सरासर गलत हो :  खतिवडा

सदरलाइन संवाददाता २७ जेष्ठ २०८०, शनिबार १८:४३
 

काठमाडौं  :  नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद रामहरि खतिवडाले बजेट समावेशीताको आधारमा नआएको भन्ने गुनासो रहेको बताएका छन् । उनले अहिलेको बजेट केही नेताको निर्वाचन क्षेत्रमा बढी राख्नु सरासर गलत भएको टिप्पणी समेत गरे ।

उनले भने,‘केही नेताका ठाउँमा बजेट बढि राखिएको देखियो । यो सरासर गल्तीहो । बजेट समावेशी भएन, नाता र दातामा लग्ने प्रवृत्ति देखियो । बजेट सारै खत्तम नै भयो भन्ने कुरा पनि आयो । तर, त्यस्तो पनि होईन । हिजोको दिनमा सिसिटिभी पनि गायबै भएको देखियो । अहिले करको दर हेरफेर गरियो भनेर कुरा आयो । रामकृष्ण श्रेष्ठले टाइप गरेको विषयमा, अहिलेको अर्थमन्त्रीले बजेट चुहाउनुभयो भन्ने छैन् ।’

उनले एमालेसँगको गठबन्धन बन्ने बारे तत्कालकुनै सम्भावना नरहेको जिकिर गरे । एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेतले मुुकलाई निकास दिनको लागि प्रचण्डबाट मुलुकलाई मुक्त गराउनुपर्ने कांग्रेस र एमालेबीच सहकार्य हुनुपर्ने आवश्यकत्ता औंल्याएका थिए ।

सो सम्बन्धमा जवाफ दिने क्रममा नेता खतिवडाले भने,‘अहिले यहाँ गठबन्धनको कुरा पनि आयो, कोहीसँग सधैं पानी बाराबार हुनुपर्छ भन्ने पक्षमा नेपाली कांग्रेस छैन् । हिजो संगै हिँडेका साथीहरु एक हुनुपर्छ । तर, आज÷भोलि नै सत्ता परिवर्तन हुँदैन । यो सम्भावना मैले देखेको छैन् । तर, भविष्यमा मिलेर जाने आधार धेरै छन् । मुलुक गाली गरेर बन्दैन । मिलेर जाँदा नै देश बन्छ ।’ उनले तत्काल सत्ता गठबन्धन नटुट्ने बताउदै भविष्यमा हिजो लोकतन्त्रको लागि सँगै लडेको एमालेसँग सहकार्य भने हुनसक्ने विश्वास दिलाए ।


उनले भने,‘हामीलाई पनि लागेको छ, भ्रष्टाचार भनेको मेरो र तेरो भनेर छुट्याउने कुरा होईन । यो लेनदेन मात्रै होईन, यो आचरणको पनि कुरा हो । चर्चामा आएका कुराहरु जो छन्, नक्कली भुटानी शरणार्थी प्रकरण कै कुरा छ, नेपाली कांग्रेसले निश्पक्ष छानबिनको लागि अनुरोध गरेको छ । हाम्रो प्रष्ट मान्यता के हो भने–कोही निर्दोष फस्नु हुँदैन अनि दोषी उम्कनु हुँदैन् ।’

खतिवडाले कसैले पोले कै आधारमा मान्छे समात्ने हो भने धेरै जनाको नाम बाहिर आएको बताउदै उनले भने,‘यो प्रकरणमा मैले पनि धेरैको नाम सनुेको छु, केपी ओलीको पिएको नाम आएको छ । बादल दम्पत्तिको नाम आएको छ । अख्तियार प्रमु्ख प्रेमकुमार राईको पनि नाम चर्चामा छ । म भन्न चाहन्छु की प्रहरी कसैको दबाबमा नपरोस । यो प्रकरणमा प्रहरीलाई म गहनताका साथ छानबिन गर्न अनुरोध गर्दछु । हदम्यादका कारण कोही अपराधी नउम्किनु ।’ सो क्रममा उनले यति, ओम्नी, बालुवाटार प्रकरणलगायत सबैमा गम्भीर छानबिन हुनुपर्ने माग गरे । उनले थपे,‘प्रधानमन्त्री होस वा उपप्रधानमन्त्री होस, बालुवाटारको जग्गा लिएर फिर्ता गर्दैमा अपराधी हुँदैन भन्न सकिन्छ र ?’

उनले अहिले देशबनाउने अभिभारा युवा पुस्ताको काँधमा आएको सुनाए । उनले भने, ‘जनताले युवा पुस्तासँग आश गरेका छन् । राजनीतिमा आउँदा खासगरी पार्लियोमेन्टमा बोल्दा एउटा कुरा, अनि टिभीमा अर्को कुरा गर्ने, जनतासँग जाँदा एउटा अनि नेतासँग अर्को कुरा गर्ने गरेको पनि पाईयो । यो कुरा जनताले नजिकबाट नियाँलि रहेका छन् ।’ उनको उक्त अभिव्यक्ति रास्वपा लक्षितथियो । खतिवडाले थपे–‘अहिले कोर टिमका कुरा पनि आएका छन् ।त्यसबारेमा पनि छानबिन हुनुपर्छ । राष्ट्रिय परिचय पत्रको कुरा आएको छ, तत्कालिन गृहमन्त्रीले टेण्डर गरे, अहिलेका गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्यो टेण्डर रद्द गरेको कुरा छ । उहाँले त्यो टेण्डर किन रद्द गर्नुभयो भन्नेबारे जनतालाई यथार्थ जानकारी गराउनुपर्छ ।’

नेता खतिवडाले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण सफल नै भएको दाबी गरे । उनले भारत भ्रमणको क्रममा प्रधानमन्त्री दाहालले गेरु वस्त्र पहिरिने काम गरेको तर कुनै ठूला सन्धी र सम्झौता भएनन् भनेर चर्चा भए पनि १० वर्षमा १० हजार मेगावाट विद्युत किन्ने सम्झौता हुनु ठूलो उपलब्धि र खुशीको विषयभएको उल्लेख गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमाले र कांग्रेसले विकल्प नदिए देश प्रचण्डको सत्ता लिप्सा वरिपरी घुम्छ : एमाले नेता महेश बस्नेत

२७ जेष्ठ २०८०, शनिबार १८:४३
  काठमाडौं, :  नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले देश विकास र समृद्धीको भिजन र दृष्टिकोण आफ्नो पार्टीसँग मात्रै रहेको दाबी गरेका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालद्वारा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेसँग मात्रै स्थिर सरकार र लिडरसिपको भिजन रहेको बताएका हुन् । ‘नेपाली जनताले […]