ठाकुरबाबामा रोजगार रणनीति तयार गरिँदै

सदरलाइन संवाददाता २६ जेष्ठ २०८०, शुक्रबार १६:३२
 

नेपालगञ्ज : बर्दियाको ठाकुरबाबा नगरपालिका रोजगार सेवा केन्द्र र बाँके यूनेस्को क्लबको संयुक्त आयोजनामा रोजगार रणनीति २०८० सम्बन्धि कार्यशाला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।

प्लान इन्टरनेसनल नेपालको सहयोगमा क्बलद्धारा सञ्चालन गरिएको पर्ल परियोजना अन्तर्गत रोजगार रणनीति तर्जुमाकालागि रोजगार संवाद मञ्चका पदाधिकारीहरु तथा सरोकारवाला निकायको क्षमता अभिवृद्धि र अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो ।

रोजगार संवाद मन्चका अध्यक्ष कमल बहादुर विष्ट तथा ठाकुरबाबा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामहरी रिजालको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, उद्योग वाणिज्य संघका अध्यक्ष गोबिन्द आचार्य, महिला विकास शाखा, होटेल व्यवसायीहरूको सहभागितामा रोजगार नीतीको पृष्ठभूमी तथा नीतिगत, कानुनी आधार, स्थानीय अवसरहरु साथै रोजगार रणनीति २०८० को वारेमा छलफल तथा अन्तरक्रिया भएको थियो ।


रोजगारीको नीतीगत ब्यवस्थाको बारेमा पर्ल परीयोजनाका संयोजक गोविन्द प्रसाद लामिछानेले प्रस्तुतीकरण गर्नु भएको थियो भने रोजगार नीती २०८० को बारेमा ठाकुरवाबा ननगरपालिका रोजगार सेवा केन्द्रका संयोजक रविन्द अर्यालले प्रस्तुत गरेका थिए ।

उक्त कार्यक्रममा रोजगारी प्रवद्वनका चुनौती र जोखिमको रुपमा श्रमको सम्मान, श्रमको सस्कृतिको क्षयीकरण, कृषि र अन्य उत्पादनले बजार नपाउने, पर्यटन क्षेत्रको आकार सानो भएकोले आशातीत रोजगारी सृजना नभएको, आन्तरिक रोजगारी तथा स्वरोजगारीमा वितृष्णा हुनु, वैदेशिक रोजगारीलाई बढ़ावा दिएकोले स्थानीय रोजगार उद्यम ब्यवसाय फस्टाउन नसकेकोमा चिन्ता प्रकट गरिएको थियो ।

साथै स्थानीय आवश्यकता अनुरूप सिप बिकासमा लगानी गर्ने, युवा स्वरोजगार कोषको आकार बढाई रोजगारउन्मुख शिक्षा र नवप्रवर्तनहरुको विवरण एकिकृत गरी कार्यक्रम संचालन गर्ने प्रतिवद्वता पनि सोही अवसरमा सरोकारवालाले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

तीन दिने पत्रकारिता तालिम सम्पन्न

२६ जेष्ठ २०८०, शुक्रबार १६:३२
राप्तीसोनारी (बाँके) : ग्रामिण पत्रकारिता विकासका लागि बाँकेको राप्तीसोनारी गाउँपालिकामा सञ्चालित तीन दिने आधारभुत पत्रकारिता तालिम शुक्रबार सकिएको छ । सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगन्ञ्ले सञ्चालन गरेको तालिममा राप्तीसोनारी गाउँपालिकाका ९ वटा वडाका २३ जना युवा तथा किशोरीहरुको सहभागिता रहेको थियो । तालिमको समापन गर्दै गाउँपालिकाकी उपाध्यक्ष मनिषासिंह थारुले […]