२०८३ कात्तिक २ , आइतबार
Sadarline
२०८३ कात्तिक २ , आइतबार

पर्ल परियोजना मार्फत बर्दियाका एकसय २० युवा महिला स्वरोजगार भए



बर्दिया :  बर्दिया गुलरिया र ठाकुबाबा नगरपालिका १ सय २० युवा महिलालाई स्वरोजगार बनाईएको छ । प्लान इन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबले सञ्चालन गरेको पर्ल परियोजना अन्तर्गत बर्दियाको गुलरिया र ठाकुरबाबाका युवा महिलाका लागि ३९० घण्टाको जीवन सीप विकास तालिम सञ्चालन गरि स्वरोजगार बनाईएको हो ।

प्लान इन्टरनेशनल नेपालका क्षेत्रीय प्रबन्धक मीना पराजुलीले सो जीवन सीप तालिम पूरा गरेका गुलरियाका ६६ जना युवा महिला प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गर्दैे विपन्न तथा पछाडी परेका युवा महिलालाई समाजमा सम्मानजनक जीवन बिताउन आत्मनिर्भर र आर्थिक रूपमा सक्षम बन्नका लागि रोजगारी सृजना गराउन यो तालिम प्रदान गरिएको कुरामा जोड दिईन ।

क्षेत्रीय प्रबन्धक पराजुलीले भनिन–‘अब तालिम अनुसार स्वरोजगार बनेर सबैलाई अवसर पाएरमा हामीले जे पनि गर्न सक्छौ भन्ने सन्देश दिनुहोस ।’ उनले युवा महिलासंग व्यवसायमा जोडिन वा रोजगारी गरेर समाजमा उदाहरण बन्न आग्रह गर्दै उनीहरुलाई प्रोत्साहित गरिन ।

बाँके युनेस्को क्लबका उपाध्यक्ष पञ्चम गुरुङले प्रमाणपत्र वितरण कार्यक्रमको अध्यक्षता गर्दै बर्दियाका विभिन्न पालिकामा सञ्चालनमा रहेको पर्ल परियोजनाबाट ठुलो संख्यामा युवा महिला स्वरोजगार बनेको र उनिहरुको आर्थिक अवस्थामा समेत सुधार आएको बताईन ।

सीप विकास तालिमका प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण कार्यक्रममा क्लबका अध्यक्ष रविकुमार तुलाधर, प्रमुख संरक्षक परवेज अली सिद्दिकी, महासचिव बुधेश जैसवाल, प्लान नेपालका परियोजना संयोजक गोमा ओली लगायतको पनि उपस्थिति रहेको थियो ।

बाँके युनेस्को क्लबका प्रमुख संरक्षक परवेज अली सिद्दिकीले पर्ल परियोजनाले सयौंको घर परिवारको आर्थिक अवस्था बलियो बनाउन अहम भूमिका निर्वाह गरिरहेकोले यस्ता उदाहरणीय कार्यक्रम थप अन्य विपन्न र गरिब युवा महिलाका लागि पनि सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २०८० जेठ २४ गते बुधबार
ताजा समाचार