विकासको गतिमा अघि बढ्दै कोहलपुर वडा नम्बर २

सदरलाइन संवाददाता २३ जेष्ठ २०८०, मंगलवार १२:३५
 

कोहलपुर (बाँके) : बाँकेको कोहलपुर नगरपालिका–२ विकासको गतिमा अघि बढेको छ । वडा अध्यक्ष हरि कठायतले आफ्नो वडालाई समृद्ध र नमुना बनाउन प्रत्यक्ष आफैं खटिने गरेका छन् ।

चालू आर्थिक वर्षमा वडाले पूर्वाधार निर्माणलाई जोड दिएको छ । अहिले महेन्द्र राजमार्गदेखि सिद्धनगर हुँदै बर्दहवा जोड्ने सडकमा अस्फाल्टको काम तीब्र गतिमा भइरहेको छ । एक हजार ५ सय ५० मिटर लामो उक्त सडकको अस्फाल्ट काम तीब्र गतिमा भइरहेको वडा अध्यक्ष कठायतको भनाई छ । चालू आर्थिक वर्ष ०७९÷०८० को बजेटबाट वडा र नगरको साझेदारी टेन्डर प्रक्रियाबाट योजनाहरु कार्यान्वयन भइरहेका छन् ।


यसै क्रममा बर्दहवा मन्दिरदेखि लक्ष्मी माविसम्म ४ सय ८० मिटर पक्कि आरसीसी नालीसहित पीचको कार्य पनि सुचारुको तयारीमा छ । महेन्द्र राजमार्ग ‘क’ लाइन हुँदै ओम शान्तिसम्म करिब २ सय मिटर पक्की आरसीसी नालीसहित पिचको लागि बेस सुचारु तयार गरी अस्फाल्ट पीचको अन्तिम तयारी भइरहेको पनि वडा अध्यक्ष कठायतले बताए । एक वर्षको अवधिमा १२ वटा योजना सम्पन्न भएको उनको भनाई छ । ‘हाम्रो वडा नम्बर २ लाई समृद्ध र नमुना वडा बनाउने हाम्रो प्रयास हो,’ उनले भने–‘वडाबासीले पनि राम्रो साथ दिनुभएको छ । एक वर्षमा १२ योजना सम्पन्न भइसकेको छ भने अझै थप योजनाहरू सम्पन्न गर्ने तयाारीमा छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जेठमा पनि जाडो छल्न आगो ताप्दै हुम्लावासी

२३ जेष्ठ २०८०, मंगलवार १२:३५
हुम्ला : हिमाली जिल्ला हुम्लामा चिसोको कारण जेठको तेस्रो हप्ता लाग्दा पनि आगो तापेर कर्मचारीले कार्यालयमा बस्नु पर्ने बाध्यता आई लागेको छ । बिहानैबाट मौसममा खराबी आउँदा चिसो बढ्दा कार्यालयमा काम गर्न चिसोले नसकिने हुँदा आगो बालेर ताप्नु परेको हो । जिल्ला अदालतकी वैतनिक अधिवक्ता राजन चन्दका अनुसार कार्यालयमा काम […]