२०८३ कात्तिक २ , आइतबार
Sadarline
२०८३ कात्तिक २ , आइतबार

नेपालगञ्जमा जेठ २६ सम्म थपियो विदा



नेपालगञ्ज : अत्याधिक गर्मी बढेपछि नेपालगञ्जमा विदा थप गरिएको छ । यसअघि जेठ २१ गतेदेखि २३ गतेसम्म गर्मी विदा गरिएकोमा २६ गते शुक्रबारसम्म थपिएको शिक्षा महाशाखाले जनाएको छ ।

बर्षे विदाबाट कट्टी हुने गरी विदा थप गरिएको शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर थापाले बताए ।

दिन प्रति दिन गर्मी बढ्दै जाँदा पठनपाठनमा समस्या हुनुका साथै विद्यार्थीहरुको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भएकाले विदा थप गरिएको थापाले बताए ।

साथै जेठ २८ गते आइतबारदेखि विद्यालय सञ्चालन गर्दा विद्यालय व्यवस्थापन समितिको निर्णय गरी विहानी सत्रमा विद्यालय सञ्चालन गर्न भनिएको छ । त्यसको जानकारी नेपालगञ्ज उपमहानगरपालिकालाई गराउनु पर्नेछ ।

प्रकाशित मिति : २०८० जेठ २२ गते सोमबार
ताजा समाचार