प्रचण्ड र मोदीले नेपालगञ्ज सुख्खा बन्दरगाह उदघाटन गरे

सदरलाइन संवाददाता १८ जेष्ठ २०८०, बिहीबार १३:४८
 

नेपालगञ्ज : नेपालगञ्ज सुख्खा बन्दरगाहको उदघाटन गरिएको छ । बाँकेमा भारत सरकारको सहयोगमा निर्माण गरिएको व्यापार पूर्वाधारको बिहीबार नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रुपमा उदघाटन गरेका हुन् ।

दुई देशका प्रधानमन्त्रीले दिल्लीबाट उदघाटनको घोषणा गरेपछि भारततर्फबाट नेपाल आएका कन्टेनर नेपाली सुख्खा बन्खाबन्दरगाह प्रवेश गरेका थिए ।


नेपाल भित्रिएका कन्टेनरलाई सुख्खा बन्दरगाहको सञ्चालन तथा व्यवस्थापन गर्ने कार्यालय नेपाल इन्टरमोडल यातायात विकास समितिका अधिकारीहरुले स्वागत गरेका थिए ।

करिब १५ वर्षअघिदेखि भारत सरकारको सहयोगमा निर्माणाधिन सुख्खा बन्दरगाह बिहीवारबाट सञ्चालनमा आएको समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राप्ती नदी कटान नियन्त्रण गर्न माग

१८ जेष्ठ २०८०, बिहीबार १३:४८
नेपालगञ्ज : लुम्बिनी प्रदेश सरकारले ल्याउने आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेटमा नदी कटान नियन्त्रणलाई प्राथमिकता दिन माग गरिएको छ । बाँकेमा राप्ती नदी, मान खोला लगायतका साना खोला तथा नालाहरूको कटानका कारण बर्सेनि सयौँ बिघा खेतीयोग्य जमिन कटानमा परेका कारण प्रदेश सरकारले कटान नियन्त्रणका लागि तटबन्ध निर्माणमा आवश्यक बजेट […]

सम्बन्धित