पूर्व प्रहरी संगठन कोहलपुरको पहिलो साधारण सभा सम्पन्न

सदरलाइन संवाददाता २५ चैत्र २०७९, शनिबार १४:२१
 

कोहलपुर (बाँके) : नेपाल पूर्व प्रहरी संगठन कोहलपुरको पहिलो साधारण सभा तथा दोस्रो अधिवेशन शनिबार कोहलपुरमा सम्पन्न भएको छ । कोहलपुर नगरपालिकामा रहेका पूर्व प्रहरीहरुको भेलालाई कार्यक्रमका प्रमुख अतिथी एबं ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरिक्षक सुन्दर तिवारीले सम्बोधन गर्दै प्रहरी बर्दिमा हुँदा होस वा सिभिलमा समाजमा केहि गलत भएको छ भने त्यसलाई रोकथाम गर्ने जिम्मेवारी सबै प्रहरीहरुको रहेको बताए ।

उनले समाज सुधार गर्ने काम बर्दि लगाएको प्रहरीलेमात्र गर्नुपर्छ भन्ने होईन अझ बढि पूर्व प्रहरीको जिम्मेवारी पनि रहे्को बताए । कोहलपुरलाई सभ्य र शान्त बनाउने काम सबै कोहलपुरबासीको रहेको बताएका प्रमुख अतिथी तिवारीले सबै तह र तप्काबाट हातेमालो गरे मात्र यो संभव हुने जिकिर गरे ।


कार्यक्रममा पूर्व प्रहरीहरुले कुनै काल खण्ड र समयमा देशमा केहि असहज अबस्था आई परेको खण्डमा नेपाल सरकारले आफुहरुलाई बोलाए आफुहरु देशका लागि लड्न तयार रहेको समेत बताएका थिए । उनीहले सरकारले पछिल्लो समय समाजमा बिभिन्न असामाजिक क्रियाकलापहरु बढ्दै गएको हुदा यसलाई नियन्त्रण गर्नकालागि आफुहरु प्रहरीसंगको सहकार्यमा काम गर्न तयार रहेको समेत बताए ।

कार्यक्रममा बोल्दै संगठनका अध्यक्ष यमबहादुर गैरेले आजको आबश्यकता भनेको सबै एक जुट हुने हो । कोही पनि एक्लै एक्लैको प्रयास सफल नहुने भन्दै एक भए मात्र सबै कुराको समाधान भएको हुदा पूर्व प्रहरीहरुले पनि समाजमा केहि उदाहरणिय कामहरु गर्नुपर्नेमाजोड दिए । कार्यक्रममा जेष्ठ पूर्व प्रहरीहरुलाई सम्मान समेत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पौवाले मनायो ७ औ स्थापना दिवस

२५ चैत्र २०७९, शनिबार १४:२१
बुटवल : होटल पौवाले आफ्नो स्थापनाको ७ औ वर्ष बिबिध कार्यक्रम गरेर मनाएको छ । देशभर ११ वटा शाखा रहेको पौवाले सबै शाखाहरुमा छुट्टाछुट्टै कार्यक्रम राखेर स्थापना दिवस मनाएको हो । सामाजिक उत्तरदायित्व अन्तर्गत पौवाको प्रधान कार्यालय सहित बुटवल शाखाले बुटवलको योगीकुटीबाट प्रभातफेरि सहित लुम्बिनी प्रादेशिक अस्पताल पुगेर बिरामीहरुलाई फलफुल […]