नेपालगञ्जमा खोप लगाउन छुटेका बालबालिकालाई घर–घरमा खोजिँदै

सदरलाइन संवाददाता २३ चैत्र २०७९, बिहीबार १६:०१
 

नेपालगञ्ज : नेपालगञ्जमा खोप लगाउन छुटेका बालबालिकाहरुलाई घर–घरमा पुगेर खोजिँदैछ । १६ महिनादेखि ५९ महिनासम्मका खोप लगाउन छुटेका बालबालिकाहरुलाई खोज्न सुरु गरिएको हो । बैशाखमा गर्ने पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणाका लागि खोप लगाउन छुटेका बालबालिकाहरुलाई घर–घरमा पुगेर खोज्न थालिएको हो ।

नेपालगञ्ज उपमहानगरपालिकाका २३ वटै वडामा स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरेर ‘खोज र खोप’ अभियान सञ्चालन गरिएको स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले बताए ।

‘खोज र खोप अभियानलाई प्रभावकारी बनाउन वडा–वडामा कार्यशाला गोष्ठी गर्याैं, पूर्ण खोप सुनिश्चितता र दिगोपनामा निरन्तरताका लागि कार्ययोजना तयार गरेर स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकालाई वडा–वडामा खटाएका छौं, चैत मसान्तसम्ममा खोप नलगाएका बालबालिकाहरुको लाइन लिष्टिङ गर्छौं, त्यसपछि खोप लगाउँछौं,” बस्नेतले भने– “वडा स्तरदेखि नै छुट बच्चाहरुको खोजी गर्ने र खोप प्रदान गर्ने नियमित प्रक्रियाको विकास गर्ने उद्देश्यले हामी घरधुरी सर्वेक्षणमा जुटेका छौं ।”

युनिसेफको सहयोगमा घरधुरी सर्वेक्षण भइरहेको छ । घरधुरी सर्वेक्षणको प्रगति र प्रभावकारिताबारे अनुगमन पनि गरिरहेको बस्नेतले बताए । हालसम्म वडा नम्बर ३, ८, १४ र २२ मा घरधुरी सर्वेक्षणको काम सम्पन्न भएको छ ।


नियमित खोप छुट बच्चाहरु, कारणको पहिचान र विश्लेषण गर्ने गरी कार्यशाला गोष्ठीबाटै कार्ययोजना बनाइएको थियो । उक्त कार्ययोजना अनुसार घरधुरी सर्वेक्षण भइरहेको छ । कार्यशालामार्फत पूर्ण खोप कार्यक्रमको लागि महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको क्षमता अभिबृद्धि गरिएको छ । व

डास्तरमा वडा अध्यक्ष संयोजक रहने गरी बनेको खोप समन्वय समितिलाई अझ सक्रिय बनाएर अनुगमनका लागि उत्प्रेरित पनि गरिएको स्वास्थ्य महाशाखाले जनाएको छ ।

यसअघि नै पूर्ण खोप घोषणा भइसकेको नेपालगञ्ज उपमहानगरपालिकालाई बैशाखमा गर्ने पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणाका लागि कोही पनि बालबालिका खोपबाट बञ्चित नहुन् भन्नका लागि घरदैलो अभियान र सर्वेक्षण थालिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एक महिनामा जन्मिए ३२ कृष्णसार

२३ चैत्र २०७९, बिहीबार १६:०१
बर्दिया : मुलुककै दुर्लभ वन्यजन्तु कृष्णसारले एक महिनायता ३२ वटा बच्चा जन्माएको छ । केही कृष्णसारका पोथी गर्भवती रहेकाले यसको संख्या बढ्ने भएको छ ।दुर्लभ वन्यजन्तुमा सूचीकृत कृष्णसार बर्दियाको सदरमुकाम गुलरिया–२ स्थित खैरापुर संरक्षण क्षेत्रमा फैलिएर रहेका छन् । संकटमा रहेको कृष्णसार हाल १ सय ९७ वटा रहेकोमा पोथीको संख्या […]

सम्बन्धित