शुक्रवारदेखि इस्लाम धर्मावलम्बीहरुको पर्व रमजान शुरु

सदरलाइन संवाददाता १० चैत्र २०७९, शुक्रबार १४:०८
 

नेपालगञ्ज : इस्लाम धर्मावलम्बीहरूको मुख्य पर्व रमजान सुरु भएको छ । शुक्रबारदेखि सुरु भएको यो पर्वमा मुस्लिम धर्मालम्बीहरू एक महिनासम्म दिनभरी निराहार व्रत बसी नमाज पढ्ने गर्छन् ।

हिजरी संवतको नवौं महिनामा सुरु भएर एक महिनासम्म चल्ने यो पर्वमा सूर्योदयदेखि सूर्यास्तसम्म पानी पनि नपिई व्रत बस्ने गरिन्छ । सामान्यतया आफ्ना नियमित काम सकेर एक महिनासम्म दिउँसो मस्जिदमा गएर नमाज पढ्ने गरिएको छ ।

रमजानको महिना मुसलमानको सबैभन्दा ठूलो धार्मिक ग्रन्थ कुरान अवतरण भएको महिनाको रुपमा मान्ने गरिन्छ । यसै खुशीयालीमा मुस्लिम समुदायले एक महिने कठोर व्रत अर्थात् रोजा बस्ने गर्छन् । यो महिनामा रोजा बस्दा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास छ ।


रोजा बस्ने भनेको बिहान ३ः४३ देखि बेलुका ६ः५० बजेसम्म निराहार बस्नु हो । यो शृङ्खला हरेक दिन भिन्दाभिन्दै समयमा सुरु हुने र अन्त्य हुने गर्छ । बिरामी, गर्भवती महिला र अशक्तलाई रोजा बस्न छुट रहेको छ । रोजा बस्ने समयभरी निश्चित नियम भने पूरा गर्नुपर्ने हुन्छ ।

मुस्लिम समुदायका लागि रमजान सबैभन्दा उत्तम र विशेष महिना मानिन्छ । यो पर्वमा मूलत दुई कुरालाई महत्व दिइन्छ, एउटा निराहार व्रत र अर्को दान वा गरिब–दुःखीको सेवा । एकातिर यसले आफ्नो शारीरिक शुद्धीकरण नियमपूर्वक अभ्यास गराउँछ भने अर्कोतिर पूण्यको कामप्रति प्रेरित ।

त्यसैले रमजानलाई पवित्रता र पूण्यको पर्व मानिन्छ । रमजान दान, प्रतिदान र क्षमादान माग्ने महिना भएकोले यसलाई विशेष महिना मानिएको हो । रमजान महिनापछि आउने महिनालाई सव्वाल भनिन्छ । यसै सव्वाल महिनाको पहिलो दिन ईद अर्थात ईदउल फित्रका रूपमा मनाउने गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा जलवायु परिवर्तन र अनुकूलन सम्बन्धि सचेतनामूलक कार्यक्रम

१० चैत्र २०७९, शुक्रबार १४:०८
नेपालगञ्ज : बाँकेमा जलवायु परिवर्तन र अनुकूलन सम्बन्धि सचेतनामूलक कार्यक्रम गरिएको छ । विश्व मौसम दिवसको अवसरमा नरैनापुरको बर्फानी बाबा मन्दिर परिसरमा जलवायु परिवर्तन र अनुकूलन सम्बन्धि सचेतनामूलक कार्यक्रम गरिएको हो । युवा दृष्टि नेपालको आयोजना एवम् राप्तीसोनारी गाउँपालिका र कोहलपुर नगरपालिकाको सहयोगमा सचेतनामूलक कार्यक्रम गरिएको हो । कार्यक्रम युवा […]