कोहलपुर (बाँके) : कोहलपुर चौराह क्षेत्रका सुकेका रुखहरु व्यवस्थापन गरिएको छ । कोहलपुर नगरपालिकाको समन्वयमा डिभिजन वन कार्यालय र सडक कार्यालयले चौराह क्षेत्रका सुकेका रुखहरु हटाएको हो ।
सुकेका रुखहरुका कारण पैदलायात्रुलाई ठूलो जोखिम थियो । हावाहुरी चल्ने मौसम भएकाले सुकेका रुखका हांगाहरु भाँचिने र रुखै समेत ढल्ने जोखिम भएकाले नगरपालिकाले वन र सडक कार्यालयलाई ती रुखहरु हटाइदिन आग्रह गरेको थियो ।
कोहलपुर नगरपालिकाका कार्यपालिका सदस्य समेत रहेका वडा नं. १२ का वडा अध्यक्ष विरेन्द्रकुमार शाहले गर्मीयाममा हावाहुरी चल्ने र सुकेका रुखका हाँगा खस्ने तथा भाँचिने र मानवीय क्षतीको जोखिम हुने भएकाले नगरपालिकाको आग्रहमा हटाइएको जानकारी दिए । सिसम, साल र खयरका करिब २९ वटा रुखहरु हटाइएको हो ।