जसपाकी केन्द्रिय सदस्य सन्ध्या देव जनमत पार्टीमा प्रवेश

सदरलाइन संवाददाता ५ चैत्र २०७९, आईतवार १३:०९
 

नेपालगञ्ज : संविधान सभा सदस्य एवं जसपाका केन्द्रिय सदस्य सन्ध्या देव जनमत पार्टीमा प्रवेश गरेकी छन् । खानेपानी मन्त्री अब्दुल खानले शनिबार एक कार्यक्रममा सन्ध्या देवलाई पार्टीमा प्रवेश गराए ।


नेपाली काँग्रेस, फोरम हुँदै सबैजसो मधेसी आवद्ध भइसकेकी सन्ध्या देव पछिल्लो समयमा जसपाको केन्द्रिय सदस्य थिइन् । तराईमा प्रभाव जमाउँदै अगाडि बढेको डाक्टर सिके राउतको पार्टीमा प्रवेश गरेकी सन्ध्या देवले पार्टीमा आफूले इमान्दारीपूर्वक काम गर्ने बताइन् । सन्ध्या देवलाई फोरमले संविधान सभा सदस्य बनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गाँजा फडानी गर्दै बाँके प्रहरी

५ चैत्र २०७९, आईतवार १३:०९
नेपालगञ्ज : बाँके र बर्दियाको सीमास्थित मानखोला नजिकै बढी परिमाणमा गाँजा उम्रिएपछि स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले फडानी गरेको छ । ईलाका प्रहरी कार्यालय धनौलीमातहतको रनियापुर प्रहरी चौकीका सहायक निरीक्षक गजेन्द्रसिंह भण्डारीको कमाण्डमा खटिएको प्रहरी टोलीले स्थानीय बासिन्दासहितको सहभागितामा गाँजा फडानी गरेको छ । बैजनाथ गाउँपालिका ८ टिटिहिरियाको गुरुदयालपुर र आसपासको […]