जलविन्दु रोकथामका लागि नेपालगञ्जमा सचेतनामुलक प्रभातफेरी

सदरलाइन संवाददाता ४ चैत्र २०७९, शनिबार १३:५६
 

नेपालगञ्ज : विश्व जलविन्दु सप्ताह अन्तर्गत शनिबार नेपालगञ्जमा भिजन आँखा अस्पतालले प्रभातफेरीको आयोजना गरेको छ ।

भिजन आँखा अस्पतालका प्रमुख समेत रहनुभएका डा. प्रचाण्ड गौतमले जलविन्दु सप्ताह अन्तर्गत आम नागरिकमा सचेतना जगाउने उद्देश्यले प्रभात फेरीको आयोजना गरिएको बताए ।


विपी चोकस्थित भिजन आँखा अस्पतालबाट शुरु भएको प्रभात फेरी गणेशमान चोक, भेरी अस्पताल, त्रिभुवन चोक, विपी चोक हुँदै पुनः भिजन आँखा अस्पतालमा पुगेर समापन भएको थियो । समापनमा डा. गौतमले जलविन्दु रोग प्रमुख स्वास्थ्य समस्याको रुपमा रहेको भन्दै नियमितरुपमा आँखा जाँच गर्न सुझाव दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा कडा खालको रुघाखोकीका विरामी बढ्दै

४ चैत्र २०७९, शनिबार १३:५६
नेपालगञ्ज : कोभिड महामारीपछि बाँकेमा कडा खालको रुघाखोकी र भाइरलका बिरामी बढ्दै गएका छन् । कोभिडजस्तै लक्षण देखिने सो भाइरल निको हुन एक महिनासम्म लाग्ने गरेको चिकित्सकको भनाइ छ । जाडो सकिएर गर्मी सुरु हुन थालेसँगै बाँकेमा फैलिएको निकै कडा खालको फ्लु, रुघाखोकी, डायरिया र उच्च ज्वरोका बिरामी बढ्दै गएको […]

सम्बन्धित