नरैनापुरमा अन्तर्राष्ट्रिय नारी दिवस मनाईयो

सदरलाइन संवाददाता २४ फाल्गुन २०७९, बुधबार १९:५२
 

नरैनापुर (बाँके) :  बाँकेको नरैनापुर गाउपालिकाका अध्यक्ष मोहम्मद ईस्तियाक अहमद शाहले श्रीमान तथा परिवारमाथि निर्भरता कम गराउँदै गए महिला माथि हुने बिभेद कम हुने बताएका छन ।

उनले नरैनापुर गाँउपालिकाले ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन ।

नेपालमा ‘लैङ्गिक समानताका लागि बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिलाको पहुँच’ भन्ने राष्ट्रिय नाराका साथ नरैनापुरमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नरैनापुर गाँउपालिका अध्यक्ष शाहले, महिलाहरुका लागि ८ मार्च चाड–पर्वको रुपमा रहेको बताए ।

महिला दिवसकै दिन महिलाहरुले मुक्तिका लागि आन्दोलन सुरु गरेको स्मरण गराउँदै अध्यक्ष शाहले महिला नेतृत्वको पनि व्यापकरुपमा वृद्धि हुँदै गएको जिकिर गरेका थिए ।

सांस्कृतिक तथा परम्परावादी सोच अनुरुप समाज पितृसत्तात्मक तथा पुरुषप्रधान भएकै कारण महिलाहरुमाथि शोषण भइरहेको उनको भनाई थियो ।

अध्यक्ष शाहले विस्तारै–विस्तारै पितृसत्तात्मक तथा पुरुषप्रधान सोचमा सुधार हुँदै गएको अवस्थामा हरेक महिलाहरुले आफू कसरी समृद्ध हुने भन्नेतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिए ।


हरेक महिलाले आफूसँग भएको ज्ञान, सीप र क्षमतलाई उजागर गर्दै श्रीमान तथा परिवारमाथि निर्भरता कम गराउँदै गएमा महिलाको स्थिति सुधार हुने उनको भनाई थियो ।

नरैनापुर गाँउपालिका महिलाको हक, अधिकारप्रति संविधानले दिएको अधिकारको रक्षामा प्रतिबद्ध रहेको उनको भनाई छ ।

परिवर्तन महिला सहकारी संस्थाका अध्यक्ष सुनिता खाँडले सांस्कृतिक, राजनैतिक , सामाजिक आर्थिक अधिकार महिलाहरुले प्राप्त गरेको सन्दर्भमा अन्तर्राष्ट्रिय महिला दिवस मनाउने गरिए पनि कानुनतः पैतृक सम्पत्तिमा समान अधिकार तथा सामाजिक आर्थिक र व्यवहारिक रुपमा समानता प्राप्त हुँदा मात्र लैंगिक समानता कायम हुने बताईन ।

सहकारीका अध्यक्ष खाँडले प्रत्येक दिनलाई महिला दिवसको रुपमा मनाउन सुझाव दिँदै हिजो हाम्रा आमा, हजुरआमाहले कसरी जीवन व्यतित गरेका थिए, आज हामी कुन अवस्थामा छौं र भावी पुस्तालाई भेदभावमुक्त समाज हस्तान्तरण गर्न के गर्नु पर्छ भन्ने बारेमा सचेत हुन आग्रह गर्दै महिला दिवसको अवसरमा सबै दिदी बहिनीहरुलाई शुभकामना दिईन ।

नरैनापुरको महिला बालबालिका शाखा प्रमुख कृष्ण चन्द्रले अन्तर्राष्ट्रिय महिला दिवस सामाजिक, राजनीतिक तथा आर्थिक क्षेत्रमा महिलाहरुले प्राप्त गरेका उपलब्धिहरु पहिचान गर्ने तथा गर्व गर्ने अवसर भएको बताईन ।

नरैनापुर गाउँपालिका वडा नं. ६ का महिला वडा सदस्य रिहाना मुकेरीको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं. २ का अध्यक्ष मसूद अहमद शाह, वडा नं. ३ का अध्यक्ष अजय मिश्रा, वडा नं. ४ का अध्यक्ष मनोज शर्मा, सशस्त्र प्रहरी निरिक्षक नन्दकिशोर महतो, बरिष्ट प्रहरी नयाब निरिक्षक पुष्पराज जोशी लगायतले भनाई राखेका थिए । भने कार्यक्रमको संचालन पम्फा परियारले गरेकी थिईन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बिद्युतीय सवारी प्रयोगमा ल्याउने कोहलपुर देशकै पहिलो पालिका

२४ फाल्गुन २०७९, बुधबार १९:५२
नेपालगञ्ज : बिद्युतीय सवारी प्रयोगमा ल्याउने बाँकेको कोहलपुर नगरपालिका देशकै पहिलो बनेको छ । जसका कारण इन्धनमा हुने खर्च कटौतीमा ठूलो राहात पुग्ने नगरपालिकाको विश्वास छ । पालिकाको खर्च कटौती, आर्थिक पारदर्शीता र सुशासन कायम गर्ने नगरपालिकाको नीति तथा कार्यक्रम अनुसार एउटा पाटो बिद्युतीय सवारी प्रयोग पनि भएको नगर प्रमुख […]

सम्बन्धित