सोमवार पहाडी जिल्लामा होली, मंगलवार तराईमा मनाइने

सदरलाइन संवाददाता २२ फाल्गुन २०७९, सोमबार १२:३४
 

नेपालगञ्ज : सोमवार पहाडी जिल्लामा पर्व धुमधामका साथ मनाईंदैछ । सरकारले सोमवार पहाडी जिल्लामा सार्वजनिक बिदा समेत दिएको छ ।

त्यस्तै मंगलवार तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा पनि यो पर्व मनाउने प्रचलन छ ।

होली एक आपसमा विभिन्न रङ्ग तथा अबीर लगाएर मनाउने चलन छ । फागुपूर्णिमाको अवसरमा राष्ट्रपति, प्रधानमन्त्रीका साथै राजनीतिक दलका शीर्ष नेताहरुले शुभकामना दिएका छन् ।


राष्ट्रपति विद्यादेवी भण्डारीले फागु पूर्णिमाको अवसरमा शुभकामना दिँदै पर्वले विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवं कुरीतिहरुलाई निर्मूल गर्दै मौलिक संस्कृतिहरुको संरक्षण र संवर्द्धन गर्न प्रेरणा प्रदान गर्ने बताएकी छन् ।

साथै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशभित्र प्रत्येक जातजाति र धर्मावलम्बीहरुका आ–आफ्नै सांस्कृतिक महत्व बोकेका मौलिक परम्परा र पर्व रहेको भन्दै यस्ता मौलिक परम्परा, संस्कृति र पर्वहरुले सामाजिक सद्भाव, एकता र सहकार्यको आधारशिला खडा गर्नाका साथै राष्ट्रिय एकता र स्वाधीनताको प्रतिनिधित्व गर्ने उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रेस युनियन बाँकेद्वारा होली मिलन सम्पन्न

२२ फाल्गुन २०७९, सोमबार १२:३४
नेपालगञ्ज : नेपाल प्रेस युनियन बाँकेले सोमवार पत्रकारहरु बिच होली मिलन कार्यक्रम गरेको छ । युनियन बाँकेको कार्यालय प्राङ्गण गणेशपुर रोडमा होली मिलन गरिएको हो । होली मिलन कार्यक्रमलाई सम्बोधन गर्दै युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीले होली पर्बले आपसी सद्भाव, भाईचारा कायम गर्ने विश्वास गरे । युनियन बाँकेले बिगतका वर्ष […]