सुर्खेत : सुर्खेत काँक्रेबिहार यातायात प्रालिले नयाँ एयर स्सपेशन एसी बस सञ्चालनमा ल्याएको छ । यात्रुहरुको रोजाईँमा रहेको काँक्रेबिहार यातायातले तीन वटा नयाँ एसी बस थपेर यही फागुन १५ गतेदेखि सञ्चालनमा ल्याएको हो ।
सुर्खेत–काठमाण्डौ रुटमा चल्ने उक्त बसको नाम स्काई सेन्टर एयर एसी राखिएको यातायात प्रालिका अध्यक्ष रमेश कुमार सापकोटाले जानकारी दिए । उनले भने, ‘दुईवटा अर्थ लाग्ने गरेर स्काई नाम राखेका छौँ । स्काई भनेको आकाश, अर्को अर्थमा हाम्रो यातायातको नाम मिलाएर स्काई सेन्टर एयर एसी नाम राखिएको छ । यात्रुहरुको माग अनुसार हामीले तीन वटा बस सञ्चालनमा ल्याउन सफल भएका छौँ । अब आउने दशैंमा थप दुई वटा यस्तै खालको बस थप्ने तयारी रहेको छ ।’
यस्तै, यो बसको एसी अन्य बसहरुको भन्दा फरक रहेको छ । अन्य एयर बसको सिटको माथी भएको लाईटहरुबाट नै एसीको हावा आउने र त्यो यात्रुको टाउँकोमा पर्ने हुन्छ । भने यो बसको एसी सेन्टरमा अर्थात सिलिङमा राखिएको र जसको हावा सिधैँ टाउँकोमा नपर्ने विशेष्ता रहेको अध्यक्ष सापकोटाले बताए ।
उनका अनुसार बस भित्र हवाईजहाजको जस्तै सामान झोलाहरु राख्ने र्याकहरुमा ढोका भएको, खोल्न मिल्ने सिसा, साथै सोफा टाईपको ४० वटा सिट यस बसमा रहेका छन् ।
पश्चिम नेपाल मै यो एसी बस नयाँ भएको काँक्रेबिहार यातायात प्रालिले जनाएको छ ।
यस्तै, अध्यक्ष सापकोटाले सुर्खेतमा संयुक्त यातायात व्यवसायी रुपमा बसहरु सञ्चालन भएका कारणले प्रत्येक दिन सेवा दिनमा केही समस्या भएको बताए । उनले भने, ‘यात्रु महानुभावहरुमा यो बस प्रतिको माग बढ्दै गएको छ । यो गाडीमा यात्रा गर्नुभएको यात्रुहरुले सुर्खेत–काठमाडौँ जादाँ आउँदा पनि यहीँ गाडी खोज्दै आउँनु भएको छ । र रिर्जवका लागि पनि माग बढ्दै गएको छ ।