२०८३ असोज ३० , शुक्रबार
Sadarline
२०८३ असोज ३० , शुक्रबार

मानव बेचविखनबिरुद्ध रोकथाम नै समाधान कार्यक्रमको समीक्षा



नेपालगञ्ज :  प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा बाँके युनेस्को क्लवद्वारा मानव बेचबिखन बिरुद्धको अभियान रोकथाम नै समाधान भन्ने मूल नाराका साथ बाँकेका चार स्थानीय तहमा सञ्चालनमा रहेको प्रोटेक्ट परियोजना भित्रको स्टिक एण्ड स्टोन सेसनले पारेको प्रभावका बारेमा सरोकारवाला निकायबीच समिक्षात्मक कार्यशाला सम्पन्न गरिएको छ ।

बाँकेको दुई गाउपालिका खजुरा र बैजनाथ तथा एक नगरपालिका कोहलपुर र एक उपमहानगर नेपालगञ्जका सामुदायिक विद्यालयमा बलाबालिकालाई मानव बेचविखनको जोखिमबाट जोगाउन मानव बेचबिखन बिरुद्धको अभियान रोकथाम नै समाधान भन्ने मूल नाराका साथ प्रोटेक्ट परियोजना सञ्चालनमा रहेको प्लानका कार्यक्रम अधिकृत सन्तोष पुलामीले जानकारी दिए ।

बाँके युनेस्को क्लवका कार्यकारी निर्देशक साजिद अलि सिद्दिकीले समाजमा मानव बेचविखनको जरो विभिन्न स्वरुपमा रहेको बताउदै कार्यक्रमका लागि सञ्चालन गरिएको स्टिक एण्ड स्टोन कक्षाले विद्यार्थीहरुमा बेचविखनको जोखिम पहिचान गर्न सजिलो हुने र उनीहरु जोगिने विश्वास लिएको जानकारी दिए ।

आगामी जुन महिनासम्म सञ्चालन हुने मानव बेचबिखन बिरुद्धको अभियान रोकथाम नै समाधान कार्यक्रम सञ्चालन भएका पालिकाको शिक्षा शाखा प्रमुख, विद्यालयका प्रधानाध्यापक तथा सामाजिक शिक्षकलगायतको सहभागितामा कार्यक्रमको समिक्षा गरिएको थियो ।

 

प्रकाशित मिति : २०७९ फागुन १७ गते बुधबार
ताजा समाचार