नेपालगञ्जको विपद व्यावसायिक निरन्तरता योजना तयार

सदरलाइन संवाददाता १४ फाल्गुन २०७९, आईतवार १३:११
 

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाको व्यवसायिक निरन्तरता योजना तयार भएको छ । विपदको समयमा पनि सुचारु गर्नुपर्ने सेवाहरुको निरन्तरताका लागि नेपालगञ्ज उपमहानगरपालिकाको योजना बनाइएको हो ।

योजना बनाउन निरन्तर कार्यशाला आयोजना गरेर घनीभूत छलफल गरिएको थियो । योजना तयार भएसंगै अब कार्यान्वयनको दिशामा अघि बढेको छ । तयार पारिएको योजनाको आज परिक्षण अभ्यास गरिएको छ । यो योजनालाई अब यही साताभित्र नेपालगञ्ज उपमहानगरपालिकालाई हस्तान्तरण गरेर कार्यान्वयनको चरणमा लैजाने तयारी छ ।

युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ र युएन ओमनको साझेदारी, सिडिएमको सहभागितामा र नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको प्राविधिक सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकामा संचालित शहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर प्राजेक्ट) अन्तर्गत बनाइएको योजनाको आज परिक्षण अभ्यास गरिएको हो । सुपर परियोजना नेपालगञ्ज उपमहानगरपालिकाको वडा नम्बर ३ र ७ मा सञ्चालित छ ।

विपतको समय र अन्य अवरोधहरुमा प्रशासनलाई उत्थानशील बनाई निरन्तरताका लागि रणनैतिक गतिविधि कार्यान्वयन सहितको योजना तयार गरिएको आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताए । परिक्षण अभ्यास कार्यक्रममा सुपर प्रोजेक्टका परामर्शदाता दिनेशचन्द्र जोशीले विपत व्यवस्थापन सम्बन्धमा तयार पारिएको व्यवसायिक निरन्तरता योजनाको विषयमा जानकारी गराएका थिए ।


सहभागीहरुलाई विभिन्न समूहमा विभाजन गरेर गरिएको परिक्षण अभ्यासबाट प्राप्त सुझाबलाई समेटेर योजना कार्यान्वयन गरिनेछ । त्यसक्रममा विपतका बेला आवश्यकीय सेवा निरन्तरताका लािग विभिन्न संयन्त्र बनाई कसरी काम गर्न सकिन्छ भन्ने विषयमा समूहगत अभ्यास पनि गरिएको थियो ।

यो योजना बनाउनुको उद्देश्य जोखिम न्यूनीकरणका क्रियाकलाप अबलम्बन गरी पालिकाका कर्मचारीहरुको सुरक्षा र विपदबाट हुने कार्यालय सञ्चालनका लागि आवश्यक स्रोत साधनको हानी नोक्सानी न्यूनीकरण गर्नु रहेको जोशीले बताए । यस्तै यसबाट सुव्यवस्थित ढंगले महत्पूर्ण प्रक्रियाहरु र सेवाहरुको निरन्तरता सुनिश्चित राख्नका लागि उपयुक्त कार्यहरु छनौट गरी मार्गदर्शन गर्नु, समयमै प्रतिकार्य, पुनर्लाभ तथा पुनर्निमाणका कार्यहरु गर्ने र सेवा प्रवाहलाई निरन्तरता दिने लगायतका कार्यमा सहजता पुग्ने बताइएको छ ।

त्यसक्रममा बोल्दै नगर प्रमुख प्रशान्त विष्टले व्यवसायिक निरन्तरता योजनाले विपतको समयमा पनि सेवा सुचारु गर्न सहजता हुने विश्वास व्यक्त गरे । विष्टले नेपालगञ्ज विपतको जोखिममा रहेकाले यसखाले योजनाले पूर्व अभ्याससंगै प्रतिकार्य गर्न सहयोग पुग्ने उल्लेख गरे । योजना कार्यान्वयनका लागि नेपालगञ्ज उपमहानगरपालिका प्रतिबद्ध रहेको उनको भनाई छ । नेपाल रेडक्रस सोसाइटी बाँकेका उपनिर्देशक दोलख डाँगीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए ।

वातावरण तथा विपत समिति संयोजक समिरप्रताप सिंहको अध्यक्षतामा भएको कार्यक्रममा नेपालगञ्जका नगर प्रमुख विष्ट, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल, प्रबक्ता प्रमोद रिजाल, नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोबद्र्धनसिंह सम्झना, विभिन्न विषयगत समिति संयोजक, शाखाका प्रमुख र अन्य सरोकारवालाको उपस्थिति रहेको सुपर प्रोजेक्टका शिव सुवेदीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चितुवाको हड्डीसहित डडेल्धुराबाट दुई जना पक्राउ

१४ फाल्गुन २०७९, आईतवार १३:११
नेपालगञ्ज : डडेल्धुराबाट चितुवाको हड्डीसहित दुई जना पक्राउ परेका छन् । अमरगढी नगरपालिका–५ बागबजारबाट चितुवाको हड्डीसहित झाण्डै ४ किलो सहित दुई जनालाई शनिवारराति पक्राउ परेका हुन् । पक्राउ पर्नेमा बाजुरा बुढीगंगा नगरपालिका–१० का २६ वर्षीय राजेन्द्र जैसी र खप्तड छेडेदह गाउँपालिका–७ का २७ वर्षीय बीरबहादुर वली रहेका छन् । सुदूरपश्चिम […]