शैलेश्वरी अस्पतालमा पहिलो पटक पाठेघरको सफल अप्रेशन

सदरलाइन संवाददाता १४ फाल्गुन २०७९, आईतवार १३:०५
 

डोटी : डोटीको दिपायलमा रहेको शैलेश्वरी अस्पतालमा पहिलो पटक महिलाको पाठेघरको अप्रेसन सफल भएको छ । शैलेश्वरी अस्पतालले बिरामीलाई मध्यनजर गर्दै पाठेघरको अप्रेसनसहितका सेवा सुरु गरेको हो ।

२०६९ सालमा स्थापना भएको अस्पतालले पछिल्लो समय महिलाको पाठेघरको अप्रेशन, हाड जोर्नी, हर्नियाँ, हाइड्रोशील ऐपेनडिसाइटिसको अप्रेशन लगायतका सेवा सुरु गरेको अस्पतालका निर्देशक आइजङ्ग कुँवरले बताए ।

उनले भने, ‘हामी अस्पतालबाट प्रदान हुने सेवा सुविधा सर्वसुलभ बनाउन लागि परेका छौँ, यहाँका महिलामा पाठेघरको समस्या धेरै देखा परेको छ, यो समस्यालाई मध्यनजर गर्दै अस्पतालबाट सस्तो शुल्कमा अप्रेसन गरिरहेका छौँ ।’


यसअघि यहाँ पाठेघरको सफल उपचार नहुँदा यहाँका महिला अप्रेसनका लागि कैलाली तथा छिमेकी देश भारतको पलिया, सीतारगञ्ज, खटी लगायतका ठाउँमा जानुपर्ने बाध्यता थियो । त्यहाँ उपचारका लागि जाँदा करिब ८० हजार रुपैयाँसम्म खर्च हुने गरेको पार्वती विकले बताइन् । उनले भनिन्, ‘रोग लागेका महिलाहरु उपचारका लागि भारत जान बाध्य थिए, त्यहाँ उनीहरुले हजारौँ रकम खर्च गर्नु परेको थियो, अहिले यही पाठेघरको उपचार हुने भएपछि सहज हुने आश छ ।’

शैलेश्वरी अस्पतालले अहिले दिपायलमा ३० हजार रुपैयाँमै पाठेघरको अप्रेशन गर्छ । आदर्श गाउँपालिकाकी ३५ वर्षीया कमलाले थोरै शुल्कमै शैलेश्वरीमा आफ्नो पाठेघरको अप्रेशन सफल भएको भन्दै खुशी व्यक्त गरिन् । शैलेश्वरी अस्पतालमा डोटी जिल्लाका बिरामी मात्रै नभएर अछाम र बाजुरा जिल्लाबाट पनि बिरामी आउने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जको विपद व्यावसायिक निरन्तरता योजना तयार

१४ फाल्गुन २०७९, आईतवार १३:०५
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाको व्यवसायिक निरन्तरता योजना तयार भएको छ । विपदको समयमा पनि सुचारु गर्नुपर्ने सेवाहरुको निरन्तरताका लागि नेपालगञ्ज उपमहानगरपालिकाको योजना बनाइएको हो । योजना बनाउन निरन्तर कार्यशाला आयोजना गरेर घनीभूत छलफल गरिएको थियो । योजना तयार भएसंगै अब कार्यान्वयनको दिशामा अघि बढेको छ । तयार पारिएको योजनाको आज […]