नेपालगञ्ज : बाँके युनेस्को क्लबले बर्दियाको गुलरियामा रोजगारी सृजनाका लागि रोजगारदाताहरुलाई अभिमुखिकरण आयोजना गरेकोे छ । प्लान नेपालको सहयोगमा क्लबद्वारा सञ्चालन गरिएको पर्ल परियोजना अन्तर्गत सो अभिमुखिकरण आयोजना गरिएको हो ।
कार्यक्रममा गुलरियामा रहेका विभिन्न सेवा प्रदायक संस्था, फर्म, कम्पनी, बिद्यालय,सहकारी, होटेल व्यवसायी र उद्योग बाणिज्य संघका प्रतिनिधिहरु र श्रमिकहरुविच लैगिक समानता र श्रम एन सम्बन्धि छलफल भएको थियो । सो अभिमुखिकरणको सहजिकरण अधिवक्ता राजकुमार थारूले गरेका थिए ।
कार्यक्रममा परियोजनाको उद्देश्य, हालसम्मको प्रगति समिक्षा र रोजगारि सृजना गर्न सहयोग पुग्नका लागि रोजगारदाताले गर्नुपर्ने कार्यका बारेमा छलफल गरिएको थियोे ।
युवा महिलालाई विभिन्न रोजगारदाताको निकायमा रोजगार दिलाउन सहयोग पुग्ने वातावरण बनाउन तथा लैगिक समानता कायम गरेर मर्यादित काममा लाग्न सहजताका लागि अभिमुखिकरण गरिएको पर्ल परियोजनाका संयोजक गोविन्द लामिछानेले बताए ।
सो अभिमुखिकरणमा ३५ जनाको सहभागिता रहेको क्लबले जनाएको छ ।