बाँके युनेस्कोद्वारा लैंगिक समानता सम्बन्धि कार्यशाला सम्पन्न

सदरलाइन संवाददाता १ फाल्गुन २०७९, सोमबार १५:२७
 

नेपालगञ्ज : बाँके युनेस्को क्लबले बर्दियाको गुलरिया नगरपालिकामा ‘रोजगारी अवसरका लागि अभिभावकहरुलाई लैंगिक समानता’ विषयक कार्यशाला आयोजना गरेको छ ।

प्लान इन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्वारा सञ्चालन गरिएको पर्ल परियोजना अन्तर्गत गुलरिया नगरपालिकामा सो कार्यशालाको आयोजना गरिएको हो ।

क्लबले सोही प्रकारका दुईवटा कार्यशाला ठाकुरबाबा नगरपालिकामा दुई दिन अघि आयोजना गरेको थियो ।

सो कार्यशालामा युवा महिलाहरुलाई स्वरोजगार बनाउन रोजगारीको अवसर प्रदान गर्ने विषयमा विस्तृत छलफल गरिएको पर्ल परियोजनाका संयोजक गोविन्द लामिछानेले बताए ।

उनले रोजगारीमा लाग्न घर र समुदायमा सकारात्मक वातावरण सिर्जना गर्ने लक्ष्यका साथ घरपरिवारका प्रमुख वा अभिभावकहरूका लागि कार्यशाला आयोजना गरिएको बताए ।


कार्यशालामा प्रमुख अतिथि गुलरिया नगरपालिकाकी उपमेयर सावित्रा गौतमले युवा युवतीहरुलाई व्यवसायको विकासका लागि नगरपालिका प्रतिबद्ध रहेको जनाउँदै सो का लागि नियमित कार्य पनि गरिरहेको बताइन् ।

नगरपालिकाले यस्ता परियोजनालाई पुर्ण सहयोग र समर्थन गर्ने तथा सोही प्रकारका आयआर्जन र आर्थिक अवस्थामा सुधार ल्याउने थप योजना र कार्यक्रम पनि सञ्चालन गर्ने उपमेयर गौतमले बताइन् ।

कार्यशालामा २५ जना अभिभावकको सहभागिता रहेको थियो भने उन्नत तालिम केन्द्र गुलरियाका कृष्णप्रसाद पाण्डेले सहजीकरण गरेका थिए । परियोजना संयोजक लामिछानेले कार्यशालाको बारेमा स्पष्ट पार्दै सहभागिका जिज्ञासाको जवाफ पनि दिएका थिए ।

कार्यशालाको सञ्चालन परियोजनाका सुपरभाइजर कञ्चन दहितले गरेका थिए । क्लबले सो प्रकारका कार्यशाला बर्दियाका विभिन्न पालिकामा गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सोमवार ’भ्यालेन्टाइन डे’ मनाईंदै

१ फाल्गुन २०७९, सोमबार १५:२७
नेपालगञ्ज : भ्यालेन्टाइन डे अर्थात ’प्रेम दिवस’ सोमवार नेपालसहित विश्वभर एकआपसमा प्रेमि जोडीले मनाउँदैछन् । प्रेमभक्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा फेब्रुअरी १४ तारिखका दिन प्रणय दिवस मनाउन थालिएको हो । एक सातासम्म चल्ने भ्यालेन्टाइन्स डे अन्तरगत आजको दिन सबैभन्दा महत्वपूर्ण र अन्तिम दिन हो । आजको दिन उपहारसँग प्रेम साटासाट […]