२०८३ असोज ३० , शुक्रबार
Sadarline
२०८३ असोज ३० , शुक्रबार

बाँकेमा १ लाख बराबरको अवैध सामान बरामद



नेपालगञ्ज : बाँकेमा भान्सार छलि ल्याइएको १ लाख बराबरको सामान बरामद गरेको छ । बिहीबार नेपालगञ्ज उप–महानगरपालिका वडा नं.४ बसपार्कस्थित सडक खण्डमा भारतबाट अबैध रुपमा भन्सार छलि गरी ल्याइएको १ लाख बराबरको सामान वडा प्रहरी कार्यालय नेपालगञ्जले बरामद गरेको हो ।

अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खाटिएका प्रहरी नावय निरीक्षक राजेन्द्र बस्नेतको नेतृत्वमा गएको टोलिले बरामद गरेको हो ।

कुर्ता सुरुवाल ४३ थान, सारी ९ थान, कोट पाईन्टको काँचो कपडा २ थान, कुर्ती २२ थान, पलाजु ३० थान र लेगिज ५ थान बरामद गरिएको प्रहरी नावय निरीक्षक राजेन्द्र बस्नेतले जानकारी दिए ।

बरामद गरिएको सामानको मुल्य करिब १ लाख २ हजार ४ सय रुपैयाँ रहेको उनले जानकारी दिए ।

प्रकाशित मिति : २०७९ माघ २७ गते शुक्रबार
ताजा समाचार