‘मिडियाकर्मीले स्वास्थ्य प्रवर्धन सेवालाई प्राथमिकता दिनुपर्छ’

सदरलाइन संवाददाता १९ माघ २०७९, बिहीबार १५:१२
 

नेपालगञ्ज : मिडियाकर्मीले प्रचारात्मक सेवालाई मात्र जोड दिंदैआएको भए पनि अब स्वास्थ्य प्रवर्धन सेवालाई प्राथमिकता दिनुपर्ने सरोकारवालाले बताएका छन् । मिडियाकर्मी र स्वास्थ्यकर्मीका लागि नेपालगन्जमा बिहीबार आयोजित स्वास्थ्य प्रवर्धन सेवासम्बन्धी पैरवी कार्यक्रम सो कुरा बताउनुभएको हो । स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेश भालुवाङको आयोजनामा गरिएको कार्यक्रममा वक्ताहरूले त्यस्तो बताएका हुन् ।

कार्यक्रममा स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका स्वास्थ्य शिक्षा निर्देशक भरतबहादुर कुँवरले शारीरिक, मानसिक, भावनात्मक तथा सामाजिक रूपमा स्वस्थ भए मात्र मानिस स्वस्थ हुने बताए । अस्वस्थ जीवनशैलीका कारण मानिसहरू नसर्ने रोगको भागीदार भइरहेको उनको भनाइ छ ।

नेपाल पत्रकार महासङ्घ बाँकेका सचिव कमल डाँगीले स्वास्थ्य प्रवर्द्धनका लागि मिडियाले पैरवी गर्ने बेला आएको बताए । यस्तै, नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले नसर्ने रोगको अवस्था अहिले विकराल बन्दैगएको बताए ।


उनले मुटु, प्रेसरजस्ता नसर्ने रोग अहिले घातक बनेको भन्दै त्यसबारेमा पैरवी तथा उपचारलाई प्राथमिकता दिइएको बताए । छिमेकी जिल्ला बर्दियामा नसर्ने रोगको उपचारका लागि पेन–प्लस कार्यक्रम नै सुरु भइसकेकाले बाँकेमा पनि यस्ता कार्यक्रमलाई अगाडि बढाउन जरुरी रहेको उनको भनाइ छ ।

कार्यक्रममा सहरी स्वास्थ्य प्रवर्धन केन्द्रका प्रमुख डा. शङ्कर केसी, नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतलगायतले बोलेका थिए । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आर्थिक विकास र समृद्धिका लागि मिलेर काम गरौँ : मुख्यमन्त्री गिरी

१९ माघ २०७९, बिहीबार १५:१२
नेपालगञ्ज : लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले राजनीतिक अस्थिरता नै मुलुकको सबैभन्दा प्रमुख समस्या भएको बताएका छन् । बिहीबार एनटिभी कोहलपुरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री गिरीले यस्तो बताएका हुन् । “यो अस्थिरताबाट कसरी मुलुकलाई जोगाउने ? कसरी मुक्त हुने ? स्थिरता नभई मुलुकले फड्को मार्न सक्दैन” टेलिभिजनको ३८ […]