बाँकेमा कोरोनाविरुद्धको बुष्टर डोज लगाउने तयारी

सदरलाइन संवाददाता १९ माघ २०७९, बिहीबार १४:०२
 

नेपालगञ्ज : स्वास्थ्य कार्यालय, बाँकेले कोभिड–१९ विरुद्धको दोस्रो बुष्टर डोज लगाउने तयारी गरेको छ ।

कार्यालयका निमित्त प्रमुख एवं खोप सुपरभाइजर नरेश श्रेष्ठले ५५ वर्षमाथि व्यक्ति, १२ वर्षमाथिका दीर्घरोगी, गर्भवती महिला र स्वास्थ्यकर्मीलाई पहिलो चरणमा दोस्रो बुष्टर डोज लगाउने तयारी गरेको जानकारी दिए ।


५५ वर्षमाथिका व्यक्तिको हकमा पहिलो बुष्टर डोज लगाएको ६ महिना पुगेको हुनुपर्छ । स्वास्थ्य कार्यालयले जिल्लाका आठ वटै पालिकासँग उल्लेखित समूहको वडावाइज नामावली पठाइदिन अनुरोध गरेको छ ।

कोरोनाविरुद्धमा पहिलो र दोस्रो खोप लगाएपछि बुष्टर डोज लगाइएको थियो । सरकारले अब बुष्टरको पनि दोस्रो मात्रा लगाउने तयारी गरेको छ । बाँकेमा पहिलो चरणमा तीन लक्षित समूहलाई खोप लगाइँदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेको विकासका लागि सांसद ढकालद्वारा मन्त्री लिङ्देनसँग भेटघाट

१९ माघ २०७९, बिहीबार १४:०२
नेपालगञ्ज : बाँके क्षेत्र नं.१ बाट निर्वाचित सांसद सुर्य प्रसाद ढकालले उपप्रधानमन्त्री एवम् ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री राजेन्द्र प्रसाद लिङ्देनसँग भेटघाट गरेका छन् । ढकालले बाँकेको राप्ती नदि कटान, डुडुवा नदि कटान, सिक्टा नहरका कामहरु बारे मन्त्री राजेन्द्र प्रसाद लिङ्देनलाई जानकारी गराएको बताएका छन् । बाँकेको विकासका लागि प्रत्येक […]

सम्बन्धित