भारतले ७४औँ गणतन्त्र दिवस मनाउँदै

सदरलाइन संवाददाता १२ माघ २०७९, बिहीबार १३:२९
 

काठमाण्डौ : भारतले बिहीवार ७४औँ गणतन्त्र दिवस मनाउँदैछ । दिवसको अवसरमा हुने परेडका लागि दिल्लीमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

दिवसका अवसरमा इजिप्टका राष्ट्रपति अब्देल फतह अल सीसी मुख्य अतिथिका रुपमा सहभागी हुने कार्यक्रम रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतले हरेक वर्ष जनवरी २६ तारिखलाई गणतन्त्र दिवसका रुपमा मनाउँदै आएको छ । सन् १९५० मा आजकै दिन भारत गणतन्त्रात्मक देश घोषणा भएको थियो ।


बेलायतको साम्राज्यबाट स्वतन्त्र भएर सार्वभौमअधिकार सम्पन्न भारतीय सरकारले नयाँ संविधान जारी गरेको दिनमा देशभर तथा आफ्ना दूतावास भएका देशमा यो दिवस मनाउने गरेको छ ।

भारत सन् १९४७ को अगस्ट १५ तारिखमा स्वतन्त्र भएको थियो । त्यहाँ सन् १९५० को जनवरी २६ मा संविधान लागू गरिएको थियो । संविधान लागू भएपछि भारतलाई गणतन्त्रात्मक देश घोषणा गरिएको थियो । संविधान लागू भएको दिनको सम्झनामा हरेक वर्षको जनवरी २६ तारिखमा भारतले गणतन्त्र दिवस मनाउँदै आएको छ ।

पहिलो गणतन्त्र परेड सन् १९५५ मा राजपथमा आयोजना गरिएको थियो । यो कार्यक्रममा पाकिस्तानका गभर्नर जनरल मलिक गुलाम मुहम्मद मुख्य अतिथि रहनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

धम्बोझीमा व्यवसायी स्व.आचार्यको शोकसभा

१२ माघ २०७९, बिहीबार १३:२९
नेपालगञ्ज : संघीय संसद भवन अगाडी आत्मदाह गरेका व्यवसायी प्रेम प्रसाद आचार्यको निधनको शोकमा नेपालगञ्ज उद्योग वाणिज्य संघले बिहिवार धम्वोझीचोकमा शोकसभा गरेको छ । नेपाल राष्ट्र बैंक नेपालगञ्ज कार्यालय अगाडी नै आयोजित शोकसभामा उपस्थित उद्योगी,व्यवसायी आचार्यको निधनप्रति दुःखी त थिए नै सरकारप्रति आक्रोस पनि व्यक्त गरिरहेका थिए । धरासायी बन्दै […]