बाँकेबाट फैलिएको दादुरा महामारी सुर्खेतसम्म पुग्यो

सदरलाइन संवाददाता १२ माघ २०७९, बिहीबार १३:१५
 

नेपालगञ्ज : बाँकेबाट दादुरको संक्रमण तीव्र भइहहेका बेला सुर्खेतमा पनि संक्रमण देखिएको छ । सुर्खेतमा पाँच जनामा दादुरा संक्रमण पुष्टि भएको छ । तीन पालिकाका ५ जनामा दादुरा संक्रमण पुष्टि भएको हो ।

अहिले वीरेन्द्रनगरमा ३, गुर्भाकोट र चिङ्गाड गाउँपालिकामा १–१ जनामा दादुरा सङ्क्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी पदमबहादुर केसीले जानकारी दिएका छन् ।


दादुरासँग मिल्दोजुल्दो लक्षण भएका बिरामी देखिएपछि परीक्षण गर्दा दादुरा पुष्टि भएको केसीको भनाइ छ । दादुराका बिरामी भेटिएपछि प्रदेश स्वास्थ्य निर्देशनालय सुर्खेतले अहिले विभिन्न ठाँउमा परीक्षण र खोप अभियानलाई तीव्रता दिएको छ ।

सुर्खेतमा पनि सङ्क्रमण देखिएकाले सतर्कता अपाउन उनले सुझाव दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

संविधान रक्षाका लागि प्रचण्डलाई विश्वासको मत दिएको : कांग्रेस प्रवक्ता महत

१२ माघ २०७९, बिहीबार १३:१५
नेपालगञ्ज : नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले संविधान रक्षाको विषयलाई महत्व दिएर प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएको बताएका छन् । नेपाल प्रेस युनियन बाँकेले बिहीवार नेपालगञ्जमा गरेको पत्रकार भेटघाटमा प्रवक्ता महतले प्रधानमन्त्रीले संविधान रक्षाको पक्षमा उभिने प्रतिबद्धता जनाएकाले तत्कालका लागि विश्वासको मत दिएको बताए । उनले नेकपा एमालेका […]