कोहलपुरमा पनि दादुराले महामारीको रुप लिँदै

सदरलाइन संवाददाता ९ माघ २०७९, सोमबार १२:४९
 

कोहलपुर (बाँके) : बाँकेको कोहलपुर नगरपालिकामा पनि दादुराले महामारीको रुप लिन थालेको छ ।

अहिलेसम्म ६ जना बालबालिकामा दादुरा देखिएको कोहलपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख अनिलसिंह ठकुरीले जानकारी दिए ।

कोहलपुर नगरपालिकामा गएको पुस २८ गते वडा नं. १४ हवलदारपुरमा दादुराका पहिलो बिरामी फेला परेका थिए । अहिले वडा नं. २ र ११ का बालबालिकामा पनि दादुरा देखिएको छ । वडा नं. २ र १४ मा एक–एक जना र वडा नं. ११ मा ४ जना बालबालिकामा दादुरा देखा परेको हो ।

दादुराको महामारी फैलिन थालेपछि नियन्त्रणको प्रयास समेत सुरु भएको शाखा प्रमुख ठकुरीले जानकारी दिए । दादुरा रोगको महामारी फैलिन थालेपछि ६ महिनादेखि माथि र १५ वर्षमुनिका बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाउने तयारीमा नगरपालिका जुटेको छ ।


निकै संक्रामक रोग भएकाले यस्को नियन्त्रणमा हामी चनाखो भयर लागि सकेका छौं शाखा प्रमुख ठकुरीले भने–अब नगरभित्रका लक्षित सम्पुर्ण बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाइने छ ।

दादुराका बिरामी देखा पर्नेक्रम बढेपछि माघ १० गते मंगलबार पालिकास्तरिय अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको छ । त्यसैगरी ११ गते बुधबारबाट १५ वटै वडाका तोकिएका खोप केन्द्रहरुबाट दादुरा–रुबेला विरुद्धको खोप लगाउने तयारी गरिएको छ ।

नगरपालिकाभित्रका ६ महिना भन्दामाथि र १५ वर्षमुनिका २६ हजार १४२ जना बालबालिकाहरुलाई दादुरा–रुबेला विरुद्धको खोप सेवा प्रदान गर्ने लक्ष्य रहेको पनि उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मानव बेचविखनको माध्यम बन्दै ‘सामाजिक सञ्जाल’

९ माघ २०७९, सोमबार १२:४९
नेपालगञ्ज : पछिल्लो समय महिला तथा बालबालिका हराउने क्रम बढेको छ । नेपाल–भारत जमुनाहा नाकाबाट भारतमा २० वर्षमा सात हजार ५७२ जना महिला तथा बालबालिका हराएको निवेदन परेको छ । आफन्त र परिवारद्वारा खोज तलास गरी पाउँ भनी माइती नेपालको नेपालगञ्ज कार्यालयमा निवेदन परेको र उनीहरूको खोज तलास गर्दा हालसम्म […]