जानकीमा भिडियो एक्सरे सेवा शुरु

सदरलाइन संवाददाता २९ पुष २०७९, शुक्रबार १२:५९
 

जानकी (बाँके) : जानकी गाउँपालिकाको वडा नम्बर २ स्थित बेलभार स्वास्थ्य चौकीमा गर्भवती महिलाहरुको लागि भिडियो एक्सरे सेवा शुरु भएको छ । अब यहाँका गर्भवती महिलाहरुले आफ्नै गाउँठाउँमा भिडियो एक्सरे गर्न पाउने भएका छन् । गाउँपालिका अध्यक्ष छब्बन खाँले भिडियो एक्सरे सेवाको शुभारम्भ गरेका हुन् ।

त्यसक्रममा बोल्दै अध्यक्ष खाँले भिडियो एक्सरेका लागि गर्भवती महिलाहरुको नेपालगञ्ज जानुपर्ने बाध्यता अब हटेको बताए । “गाउँघरमै भिडियो एक्सरे सेवा शुरु हुँदा यहाँका गर्भवती महिलाहरुलाई सजिलो हुने भएको छ, वडा नम्बर १ मा मात्र यो सेवा थियो, अब २ नम्बरमा पनि शुरु भएको छ,“ उनले भने– “स्थानीय सरकारको अनुभूति अब स्थानीयले गर्नेछन् ।“

वडा नम्बर २ का वडा अध्यक्ष चन्द्रिकाप्रसाद गुप्ताले जनताको माग र आवश्यकता अनुसार भिडियो एक्सरे सेवा शुभारम्भ गरिएको बताए । स्वास्थ्य शाखा प्रमुख दलबहादुर रानाले गर्भवती महिलाहरुको सहज सेवाका लागि भिडियो एक्सरे सेवा शुरु गरिएको बताए ।


उनले अघिल्लो स्थानीय सरकारको पालामा वडा नम्बर १ मा र अहिले वडा नम्बर २ मा यो सेवा शुरु भएको बताए । मातृ मृत्युदर बढिरहेको अवस्थामा स्थानीयहरुको आनीबानी र आर्थिक अवस्थाले नेपालगञ्जमा नजाने स्थिति रहँदै आएकोमा अब सबै गर्भवती महिलाले सहजरुपमा सेवा लिएर लाभान्वित हुने रानाले बताए । प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गत तालिम केन्द्रबाट उपलब्ध ९ लाख मूल्य बराबरको भिडियो एक्सरे जडान गरिएको उनले जानकारी दिए ।

कार्यक्रममा उपाध्यक्ष रामप्यारी यादव, सामाजिक विकास समितिका संयोजक रामआँचल धोबी लगायतले धारणा राखेका थिए । त्यसक्रममा वडा नम्वर ३ का अध्यक्ष राजकुमार कुर्मी, कार्यपालिका सदस्य राजेन्द्र सिंह, ४ का वडा सदस्य हवि पठान, गाउँपालिका अध्यक्ष छब्बन खाँका स्वकीय सचिव शोहराव दर्जी लगायत स्वास्थ्य चौकीमा कार्यरत डाक्टर, नर्स र कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नदी कटान नियन्त्रणका लागि प्रदेश सांसद खत्रीको अग्रसरता

२९ पुष २०७९, शुक्रबार १२:५९
नेपालगञ्ज : लुम्विनी प्रदेशसभा सदस्य तथा नेकपा एमालेका नेता रत्न खत्रीले नदी कटान नियन्त्रणका लागि सम्वद्ध सरकारी निकायसँग परामर्श अघि बढाएका छन् । प्रदेश सांसद खत्रीले शुक्रबार जलश्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय नेपालगञ्ज पुगेर नदी कटान र सिचाई विकासका लागि भए गरेका र हुनसक्ने योजनाबारे छलफल गरेका हुन् । […]

सम्बन्धित