लुम्बिनीमा नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आह्वान

सदरलाइन संवाददाता २१ पुष २०७९, बिहीबार १३:५३
 

नेपालगञ्ज : लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेश गर्न प्रदेश प्रमुखले दलहरुलाई आह्वान गरेका छन् । आज प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ अनुसार नयाँ सरकारको मुख्यमन्त्री नियुक्त गर्न ७ दिनको समय सीमा दिएर नयाँ सरकार गठनका लागि आहृवान गरेका हुन् ।

‘प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई वाग्मती प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नका लागि मिति २०७९ पुस २७ गते बुधबार दिउँसो ४ बजेभित्र दाबी पेश गर्न माननीय प्रदेश प्रमुखज्यूबाट आहृवान भएको छ,’ प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


८७ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ४४ जना सांसद आवश्यक हुन्छ  । प्रदेशमा हालसम्म कुन पार्टीले नेतृत्व गर्ने टुंगो लागेको छैन । हालसम्मको अंकगणित हेर्दा एमालेको सम्भावना बलियो देखिन्छ । केन्द्रीय सत्ता समीकरण अनुसार प्रदेशसभामा एमालेका २९, माओवादीका ९, नागरिक उन्मुक्ति र राप्रपाका ४/४ एवम् जनमत र जसपाका ३/३ गररी ५२ जना सांसद पुग्छन् । स्वतन्त्र उम्मेदवारी दिएर चुनाव जितेका एक जना पनि माओवादीमा फर्केका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

क्यान्सर अस्पतालमा ‘पोजिटिभ प्रेसर’ आइसीयू कक्ष निर्माण

२१ पुष २०७९, बिहीबार १३:५३
नेपालगञ्ज : बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले आफ्नो सेवा सुविधालाई अत्याधुनिक बनाउँदै लगेको छ । सो अस्पतालले पछिल्लो पटक अत्याधुनिक ‘पोजिटिभ प्रेसर’ आइसीयू कक्ष निर्माण गरी सेवा विस्तार गरेको छ । आइसीयू नहुँदा अस्पतालमा गम्भीर अवस्थाका बिरामीलाई भर्ना गर्न र अप्रेसन गर्न समस्या थियो । अस्पतालका निमित्त कार्यकारी […]