लागूऔषधसहित बर्दियामा एक जना पक्राउ

सदरलाइन संवाददाता १५ पुष २०७९, शुक्रबार १३:३३
 

बर्दिया : सशस्त्र प्रहरी बल, कण्ठपुर पोष्टले भारतबाट लुकाइछिपाई ल्याएको ब्राउन सुगरजस्तो देखिने लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

बढैयाताल गाउँपालिका २ कण्ठपुर चोकबाट खटिएको टोलीले गोप्य सूचनाका आधारमा बाँके कोहलपुर २ का ३९ वर्षीय द्धारिकाप्रसाद थारुलाई ४ ग्राम लागूऔषधसहित पक्राउ गरेको सशस्त्र प्रहरी उपरीक्षक जहरसिंह बुढामगरले जनाए ।


थारुको साथबाट भे ९ प ४८१० नम्बरको मोटरसाइल पनि नियन्त्रणमा लिइएको छ । उनलाई कारबाहीका लागि प्रहरीसमक्ष बुझाएको उनले जनाए ।

भारतीय बजार मिहीपुरुवा र बलैगाउँ हुँदै केही समययता लागूऔषध लुकाइछिपाई नेपाल भित्र्याउन थालेपछि सुरक्षाकर्मीले सक्रियता बढाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेस्थित बाल सुधार गृहबाट चार जना फरार

१५ पुष २०७९, शुक्रबार १३:३३
नेपालगञ्ज : बाँकेको डुडुवामा रहेको जयेन्दु बाल सुधार गृहबाट चार जना भागेका छन् । अपराधमा मुछिएका बालकलाई उक्त बाल सुधार गृहमा राख्ने गरिन्छ । जबरजस्ती करणीका तीन जना र कर्तब्य ज्यान मुद्दाका एक जना विहीवार साँझ फरार भएका हुन् । सुधार गृहबाट जबरजस्ती मुद्दाका धर्म थापा, कृष्ण नगरकोटी र अविनाश […]