बाँकेमा भ्याक्सिन छैन, बुस्टर डोज कसरी लगाउने

सदरलाइन संवाददाता ११ पुष २०७९, सोमबार १४:०१
 

नेपालगञ्ज : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण बढेकाले अतिरिक्त मात्र अर्थात बुस्टर डोज लगाउन आग्रह गरेको छ । दुबै छिमेकी मुलुक चीन र भारतमा बीएफ–७ नामक नयाँ प्रजातिको भेरियन्ट देखा परेकाले मन्त्रालयले सबैलाई बुस्टर डोज लगाउन आग्रह गरेको हो । मन्त्रालयले सीमा नाकामा सजगता अपनाउन पनि भनेको छ ।

बुस्टर डोज लगाउने र नाकामा सतर्कता अपनाउने मन्त्रालयको दुबै आग्रह बाँकेको हकमा मिलेको देखिँदैन । किनकी बुस्टर डोजका लागि अहिले बाँकेमा भ्याक्सिन छैन । नेपालगञ्ज नाकामा दशैंदेखिनै कोरोनाको जाँच हुन छोडेको छ । जाँचनै नहुने नाकामा कसरी सजगता अपनाइएला ? जहाँ हेल्थ डेस्कका १९ जना कर्मचारी काम नपाएर बसेका छन् ।


बुस्टर डोज लगाउनु भनेपछि मन्त्रालयले भ्याक्सिन पाठाइ दिनुपथ्र्यो । त्यसो गर्न सकेको छैन । स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले अहिले जिल्लामा भ्याक्सिन नभएको बताए । उनले जनवरी महिनामा भ्याक्सिन आइपुग्ने जानकारी दिए ।

बाँके जिल्ला कोरोनाको पहिलो र दोश्रो लहरको हटस्पटनै हो । फोकल पर्सन श्रेष्ठका अनुसार जिल्लामा कोरोनाको पहिलो खोप ९२ दशमलव ९ प्रतिशत, दोश्रो खोप ८२ दशमलव १ प्रतिशत र बुस्टर डोज २३ प्रतिशतले लगाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मेटिएका नम्वर लेखाउँदै ट्राफिक

११ पुष २०७९, सोमबार १४:०१
नेपालगञ्ज : नेपालगञ्जस्थित फुलटेक्रा ट्राफिक पोष्टले दुर्घटना न्यूनीकरणका लागि सवारीसाधन माथि कडाई गर्न थालेको छ । ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरणका लागि मेटिएका नम्वर प्लेट सवारीसाधनमाथि निगरानी बढाएको हो । ट्राफिक प्रहरी पोष्टका इन्चार्ज दिल बहादुर शाहीले दिएको जानकारी अनुसार त्यस्ता सवारी साधनका नम्वर प्लेट लेख्न लगाउने गरिएको छ । ट्राफिक […]

सम्बन्धित