२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

बसको ठक्करबाट एक विद्यार्थीको मृत्यु, पूर्व–पश्चिम राजमार्ग बन्द



कञ्चनपुर : बसको ठक्करबाट कञ्चनपुरमा एक जना विद्यार्थीको मृत्यु भएको छ ।

शुक्रबार बिहान पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत सुडामा ना ७ ख ६५२१ नम्बरको बसले साइकलमा यात्रा गरिरहेका विद्यार्थीलाई ठक्कर दिएको थियो ।

बसको ठक्करबाट बेदकोट नगरपालिका–६ का कविराज बैजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी चक्रबहादुर शाहले जानकारी दिए ।

बस महेन्द्रनगरबाट दार्चुला गइरहेको थियो । दुर्घटनाको कारण खुल्न सकेको छैन । बस चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मृत्यु भएका बैज महेन्द्रनगरस्थित कञ्चन विद्या मन्दिरमा स्नातक तह प्रथम वर्षमा अध्ययन गर्थे। शुक्रबार घर सिसैयाबाट साइकलमार्फत कलेज आइरहेका उनी दुर्घटनामा परेका थिए ।

घटनाको विरोधमा आक्रोशित स्थानीयले अहिले पूर्व–पश्चिम राजमार्ग बन्द गराएका छन् । प्रहरीले अहिले आवागमन सहज बनाउने प्रयास गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २०७९ पुस १ गते शुक्रबार
ताजा समाचार