दाङमा हनी ट्रयाप गर्ने ३ जना पक्राउ

सदरलाइन संवाददाता २५ मंसिर २०७९, आईतवार १४:००
 

दाङ : दाङमा प्रहरीले आपराधिक लाभ हनी ट्र्याप गर्ने २ जना महिला र १ जना पुरुष गरी ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगर–६ दशरथ टोल बस्ने ३५ वर्षकी अनुष्का सिंह भन्ने कृष्णा गहतराज, तुलसीपुर–१८ ग्वारखोला बस्ने ३८ वर्षकी कृष्णाकुमारी बस्नेत र घोराही उपमहानगर–१० नारायणपुर बस्ने २६ वर्षीय जनक भन्ने रुद्रबहादुर केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

तुलसीपुरका एक व्यवसायीलाई ब्ल्याकमेलिङ गरी रकम माग्ने र बलात्कारको मुद्दा हाल्ने भन्दै करोडको बार्गेनिङ गर्दै आएका थिए । बार्गेनिङ गरेपछि ती व्यवसायीले उनीहरूविरुद्ध प्रहरीमा जाहेरी दिएपछि उनीहरूलाई यही मंसिर १६ गते साँझ करिब ५ बजेतिर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् डीएसपी राजनकुमार गौतमले जानकारी दिए । घोराही उपमहानगर–१६ सर्रास्थित रहेको कोबिला रिसोर्टबाट उनीहरू पक्राउ परेका थिए ।


प्रहरीका अनुसार विगतमा रहेको व्यक्तिगत सम्बन्ध दुरुपयोग गरी गढवा गापा–६ घर भई हाल तुलसीपुर बस्ने गहतराजले आफन्त साथीहरूको सहयोगबाट बार्गेनिङ गरी केही समयदेखि आर्थिक लाभ लिँदै आएको थिइन् तर पीडित जाहेरवाला आफूलाई पटक पटकको डर धाक धम्की दिँदै आएको र त्यो सहन नसकी प्रहरीमा जाहेरी दिएका थिए ।

उनीहरूले पीडितबाट ठूलो रकम आपराधिक लाभ लिने उद्देश्यले माग गरिरहेको र उनीहरूउपर आपराधिक लाभ कसुर अन्तर्गत मुद्दा दर्ता भई अनुसन्धान भइरहेको प्रवक्ता गौतमले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेबाट समानुपातिकतर्फ लुम्बिनीमा ९ जनाको प्रतिनिधित्व

२५ मंसिर २०७९, आईतवार १४:००
नेपालगञ्ज : बाँकेबाट समानुपातिकतर्फ लुम्बिनी प्रदेशसभामा ९ जनाको प्रतिनिधित्व हुने भएको छ । कांग्रेसबाट ४, एमाले २ तथा राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र राप्रपाबाट १÷१ जना समानुपातिक सांसद बन्ने भएका छन् । नेपाली कांग्रेसले बन्दसूचीबाट खसआर्यतर्फ माया पुन, थारु क्लष्टरमा सञ्जुकुमारी चौधरी, अल्पसंख्यकतर्फ सुशिला बादी र मुस्लिममा मिनाकुमारी […]