तारा एयरको जहाजमा चिल ठोक्कियो

सदरलाइन संवाददाता २१ मंसिर २०७९, बुधबार १४:५०
 

नेपालगञ्ज : नेपालगञ्जबाट हुम्लाका लागि उडेको जहाजमा चरा ठोकिएको छ । हुम्लाको अदानचुली गाउँपालिकाको मुने लेकनजिकै कार्गो जहाजमा चिल ठोक्किएको तारा एयरले बताएको छ ।

दिउँसो करिब १ बजेतिर जहाजमा चरा ठोक्किँदा जहाजको अगाडिपट्टिको भागमा क्षति पुगेको छ ।


यद्यपि जहाजमा सवारहरू भने सकुशल सिमकोट विमानस्थल अवतरण गरेका बताइएको छ । जहाजमा पाइलट, को–पाइलट र एयरहोस्टेजसहित तीनजना सवार थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अफगान छात्रालाई हाइस्कुलको परीक्षा दिन अनुमति

२१ मंसिर २०७९, बुधबार १४:५०
काठमाण्डौ : अफगानी छात्राले हाइस्कुलको परीक्षा दिन पाएका छन् । तालिवान नेतृत्वको सरकारका एक अधिकारी र कागजातहरूबाट उक्त खुलासा भएको हो । अफगानिस्तानमा सत्ता लिएपछि तालिबानले केटीहरूलाई कक्षामा जान प्रतिबन्ध लगाएको थियो । एसोसिएटेड प्रेसलाई प्राप्त तालिबान शिक्षा मन्त्रालयका दुई कागजातका अनुसार यो निर्णय अफगानिस्तानका ३४ वटा प्रान्तमध्ये ३१ वटामा […]

सम्बन्धित