ग्रेडरले किच्दा १४ वर्षीया बालिकाको मृत्यु

सदरलाइन संवाददाता १५ मंसिर २०७९, बिहीबार १३:४७
 

नेपालगञ्ज : धनगढीमा ग्रेडरले किच्दा बालिकाको मृत्यु भएको छ । बिहीबार बिहान हसनपुरस्थित पञ्चोदय मावि कक्षा ८ मा अध्ययनरत तारानगर निवासी अन्दाजी १४ वर्षीया चेतना साउँदको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

हसनपुर पिपलचौतारा नजिक पानीपिच गरिरहेको ना १ क ९७५ नम्बरको कालिका कन्स्ट्रक्सनको ग्रेडरले लेबल मिलाउँदै ब्याक गर्ने क्रममा साइकलमा सवार साउँदलाई किच्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ ।


प्रहरीले ग्रेडर चालक चितवन भरतपुर महानगरपालिका २८ निवासी २७ वर्षीय विमल कुमाललाई नियन्त्रणमा लिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा एकजना झुण्डिएको अवस्थामा फेला

१५ मंसिर २०७९, बिहीबार १३:४७
कोहलपुर (बाँके) : कोहलपुर २ बिकास नगर जनएकता मध्यबर्ती सामुदायिक बनमा एक जना युवक रुखमा झुन्डिएको अबस्थामा फेला परेका छन् । सुर्खेत घर भइ बाँकेको शम्शेरगन्ज दिदिको घर आएका राम बहादुर महतरा बिहीवार बिहान झुन्डिएको अबस्थामा फेला परेका हुन् । बिहान करिब ६ बजे घासदाउरा लिन गएका गाउँलेले युवक रुखमा […]