भारतको गुजरातमा पुल भाँचिदा मर्नेको संख्या १४१ पुग्यो

सदरलाइन संवाददाता १४ कार्तिक २०७९, सोमबार ११:५८
 

नेपालगञ्ज : भारतको गुजरातमा पुल भाँचिदा मृत्यु हुनेको संख्या १४१ पुगेको छ । मोर्बी सहरस्थित मच्छु नदीमा रहेको झोलुंगे पुलबाट कैयौँ व्यक्ति खसेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । दुर्घटनाका क्रममा पुलमा सयौँ व्यक्ति रहेको बताइएको छ ।

भारतीय सञ्चार माध्यम एएनआईले गुजरातका गृहमन्त्री हर्षसिंह सांघवीलाई उद्धृत गर्दै दुर्घटनामा मृत्यु हुनेको संख्या १४१ पुगेको बताएको छ । अहिलेसम्म नदीबाट ६८ जनाको शव निकालिसकिएको पनि भारतीय सञ्चारमाध्यमले जनाएका छन् । दुर्घटनाका क्रममा पुलमा करिब ४ सय मानिस रहेको र मृत्यु हुनेको संख्या बढ्न सक्ने आशंका गरिएको छ ।

भारतीय मिडियाका अनुसार उक्त पुल मर्मत गरी पुनः सञ्चालनमा आएको केही दिनपछि नै भाँचिएको हो । १.२५ मिटर चौडाइ र २३३ मिटर लम्बाइ रहेको उक्त पुलले दरबारगढ महल र लखधीरजी इन्जिनियरिङ कलेजलाई जोड्थ्यो ।


गुजरातका मुख्यमन्त्री भुपेन्द्र पटेलले दुर्घटनामा मृत्यु हुनेको परिवारलाई ४ लाख र घाइतेहरूलाई ५० हजार रुपैयाँका दरले राहत प्रदान गर्ने घोषणा गरेका छन् ।

गृहप्रान्त गुजरात रहेका भारतीय प्रधामन्त्री नरेन्द्र मोदीले उक्त घटनाप्रति दुःख व्यक्त गर्दै तत्काल कदम चाल्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्वको समापन

१४ कार्तिक २०७९, सोमबार ११:५८
नेपालगञ्ज : सोमवार उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्वको समापन गरिएको छ । चतुर्थीदेखि शुरु भइ षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिइ पूजाअर्चना गरी यो पर्वको समापन गरिएको हो । नेपालगञ्जको बागेश्वरी मन्दिरलगायतका ठाउँमा बर्तालुहरुले निर्माण गरेको छठ घाटमा आइतवार रातभरि जाग्राम भइ सोमवार […]