नेपालगञ्जको एउटा होटलबाट ९ जुवाडे पक्राउ

सदरलाइन संवाददाता ७ कार्तिक २०७९, सोमबार १४:५६
 

नेपालगञ्ज : नेपालगञ्जको न्यूरोडबाट प्रहरीले गएराती जुवा खेलिरहेको अवस्थामा ९ जनालाई पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय नेपालगञ्जबाट खटिएको प्रहरी टोलीले नेपालगञ्ज सेतुविक चोक नजिक रहेको पहिलेको ह्यायत होटल अहिलेको द्रब्य कुटिरबाट जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।


द्रब्य कुटिरमा जुवा खेलिरहेका उनीहरुबाट प्रहरीले करिब डेढ लाख नगदसमेत बरामद गरेको छ । प्रहरी स्रोतका अनुसार पक्राउ पर्नेमा सुर्खेतका एक जनासहित नेपालगञ्जका ८ जना रहेका छन् ।

प्रहरीले पक्राउ गरेको जुवाडेहरुमा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ५ का ल्याकत हुसेन शेष, वडा नम्बर ४ का महेश गुप्ता, वडा नम्बर–१० का सुदीप श्रीवास्तव, वडा नम्बर ७ का धनलाल सुनार, वडा नम्बर ५ का राजनराज श्रेष्ठ, वडा नम्बर १० का डिबी शाही, वडा नम्बर–६ का नारायण भण्डारी, वडा नम्बर १२ का कमल रोका र सुर्खेत विरेन्द्रनगर–१२ का विक्रम महतरा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जको त्रिभुवन चोकमा गोली चल्यो

७ कार्तिक २०७९, सोमबार १४:५६
नेपालगञ्ज : नेपालगञ्जमा आइतबार मध्यरातमा गोली चलेको छ । नेपालगञ्ज उपमानगरपालिका–८ त्रिभुवन चोक नजिकै दुई आपराधिक गिरोहबीच विवाद हुँदा गोली चलेको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार राती करिब १२ बजे दुई आपराधिक गिरोहबीच विवाद हुँदा गोली चलेको हो । प्रहरीका अनुसार दुई समूहबीच विवाद हुँदा एक पक्षले अर्को […]

सम्बन्धित