२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

बर्दियाको बाढी प्रभावित राजापुर क्षेत्रमा नेपाली सेनाको स्वास्थ्य शिबिर



राजापुर (बर्दिया) :  बर्दियाको राजापुर बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले निशुल्क स्वास्थ्य शिबिर सञ्चालन गरेको छ । गत असोजमा भएको अविरल वर्षातको कारण आएको बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले सो शिविर सञ्चालन गरेको हो ।

राजापुर नगरपालिका वार्डनं ४ को अमर सहिद दशरथ चन्द्र माबिको खेल मैदानमा बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्ंम सञ्चालनमा रहेको सो शिविर राजापुर नगरपालिका र नेपाली सेनाको संयुक्त आयोजनमा विशेषज्ञ डाक्टर सहितको रहेको थियो ।

बाढी प्रभावित क्षेत्रमा जनतालाई सहयोग गर्ने मनसायले आयोजना गरिएको सो शिविर नेपाली सेना श्री ४ नं बाहिनी अड्डाका बाँकेका सहायक रथी उत्तमकुमार बिस्टको निर्देशनमा बज्रदल गण राझा बाँकेका गणपति श्याम आत्रेय पौडेल, सेनानी शिव थापा सहितको टोलिले स्थलगत अध्ययन गरि नगर प्रमुख दिपेश थारुको सल्लाह अनुसार सो सिबिर संन्चालन भएको राजापुर नगरपालिकाले जनाएको छ ।

राजापुर–८ का ८५ बर्षिय जेष्ठ नागरिक मानबहादुर थारुको स्वास्थ्य जाँच गरि सुरु भएको सिबिरमा जनरल स्वास्थ सेवामा ४ सय ८७ जना, महिला तथा स्त्रीरोग सेवामा ५५ जना, छालारोगका १ सय ८ जना गरि कुल ६ सय ४१ जनाले सेवा लिएका थिए । सोही सिबिरमा ल्याबसेवा ५० जना, एक्सरेसेवा ४० जना, इसिजी सेवा १० जनाले लिएको सो सिबिर ब्यबस्थापनमा खटिएका सेनानी शिव थापाले जानाकारी दिए ।

सो स्वास्थ शिबिरमा जनरल फिजिसियन सेवा, प्रसुती तथा महिला रोग संम्बंधी सेवा, छाला तथा यौनजन्य रोग संम्बन्धी सेवा, अन्य स्वास्थ संम्बंन्धी सेवा प्रदान गरिएको थियो ।

सो शिबिर ब्यबस्थापन गरि सफल बनाउन राजापुर नगरपालिका स्वास्थ शाखा, नेपाली सेना, भेरी अस्पताल बाँके, जिल्ला अस्पताल गुलरिया, संपुर्ण स्वास्थकर्मी, प्राथमिक स्वास्थ, केन्द्र राजपुर औषधि उपलब्ध गराउने केयर नेपालको सहयोगमा बि– ग्रुप बाँकेको सहयोग रहेको र सबै सस्था प्रति नगर प्रमुख दिपेश थारुले हार्दिक आभार व्यक्त गरे ।

उनले यस्तो खालको सहयोग समन्वयको निरन्तर अपेक्षा राखेको बताए । शिविर सम्पन्न गर्नको लागि एक दिन अगाडिदेखि खटिएर कुशल ब्यबस्थापन गर्ने संपुर्ण नेपाली सेना र टिम लिडर सेनानी शिव थापाको टीमलाई धन्यवाद समेत दिए ।

नेपाली सेनाका गणपति श्याम आत्रेय पौडेलले सो शिबिर अपेक्षा भन्दा निकै प्रभाबकारी भएको शिबिर सफल बनाउन सहयोग समन्वयका लागि सबैलाई धन्यवाद दिदै फेरि पनि जनसमुदाय बिच यस्तै सामाजिक सेवाका कार्यक्रम लिएर आउने प्रतिबद्धता जनाए ।

नेपाली सेना श्री ४ नं बाहिनी अड्डाका बाँकेका सहायक रथी उत्तम कुमार बिस्टले शिबिरको अनुगमन गर्दै शिबिर अत्यन्तै सफल भएको सहकार्यका लागि सबैलाई धन्यवाद दिए। सो शिबिरमा बर्दियाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायको पनि उपस्थिति रहेको थियो ।

यो स्वास्थ शिबिर धेरै नै लाभदायक रहेको आउदा दिनमा यस्ता खालका काम गर्न हामिलाई उत्साह बढेको भन्दै फेरि पनि अर्को स्थानमा यस्तै खालको स्वास्थ शिबिर संन्चालन गरिने कुरा नगर प्रबक्ता तथा ६ नं वार्ड अध्यक्ष असराज न्यौपानेले बताए ।

नेपाली सेनाले राष्ट्रिय सुरक्षामात्र नभएर बिपदमा जनताको सेवामा, बिकास निर्माणमा सक्रिय हुदै आएको छ । नेपाली सेनाका यस्ता खालका सामाजिक कामले नेपाली सेना स्थानीय सरकार र जनताबिचको संबन्धलाई अत्यन्तै सुमधुर बनाउने प्रतिक्रिया स्थानीयहरुको रहेको छ ।

   

प्रकाशित मिति : २०७९ कात्तिक ५ गते शनिबार
ताजा समाचार