२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

नरैनापुर गाउँपालिका अध्यक्ष शाहको स्वास्थ्यमा क्रमिक सुधार



नेपालगञ्ज : बाँकेको नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहको स्वास्थ्यमा क्रमिक रुपमा सुधार देखिएको छ ।

आइतवार मेडिकल कलेज नेपालगञ्जबाट थप उपचारका लागि भारतको लखनऊको एपोलो हस्पिटलमा लगेर उपचार सुरु गरिएको थियो । उपचार सुरु गरेपछि उनको स्वास्थ्यमा प्रारम्भिक सुधार देखिएको सँगै रहेका उनका भतिज अफाकले जानकारी दिए ।

उनका अनुसार औषधि र आवश्यक उपचारका कारण अहिले स्वास्थ्यमा ७० प्रतिशत भन्दा बढी सुधार भइसकेको छ । ज्वरो पनि घटेको छ । विशेषगरी एन्फ्लुयन्जा भएको प्रमाणित भएपछि थप उपचारका लागि मेडिकल कलेज नेपालगञ्जका फिजिसियन डाक्टर आसिम किदवाईले रिफर गरेका थिए ।

उपचारमा संलग्न चिकित्सकले अध्यक्ष शाहको स्वास्थ्यमा क्रमिकरुपमा सुधार भइरहेको बताउँदै अझै एक दिन आइसियुमा राखेर उपचार गरिने जानकारी दिएको अध्यक्ष शाहको सचिवालयले जनाएको छ ।

एन्फ्लुयन्जा संक्रमणसंगै निमोनिया संक्रमण भएपछि आइसियुमा राखेर आइतबारबाट लखनऊको एपोलो हस्पिटलमा उपचार सुरु गरिएको हो ।

प्रकाशित मिति : २०७९ असोज ३१ गते सोमबार
ताजा समाचार