ढुंगा खस्दा चौलागाईको घर पूर्णरुपमा क्षति

सदरलाइन संवाददाता २५ आश्विन २०७९, मंगलवार १४:४८
 

नेपालगञ्ज : कालीकोटमा १३ जना मलामीको ज्यान गएको घटनाको पीडा नसेलाउँदै खाडाचक्र– ८ ऐछेनास्थित एक घर पहिरोका कारण पूर्ण रुपमा पुरिएको छ । लगातार पानी परिरहेकै बेला सोमबार अपरान्ह ४ वजे माथिबाट ठुलो ढुंगा खस्दा सरोज चौलागाइको दुई तले ढुंगाको घर पुरिएको हो ।

गोठसहितको सो घर पुरिएपछि १५ वटा खसी, बाख्रा, ६ वटा गाई, गोरु र १० बोरा धानसहितको सम्पूर्ण सर सामान पुरिएको छ । पानी परिरहेका बेला चार जनाको परिवार घर भित्रै रहेपनि घरको माथिल्लो भागमा रहेको विशाल ढुंगा खस्न लाग्दा धुुवा आएपछि छिमेकीले देखेर आवाज दिएका थिए ।


ढुंगा खस्नै लाग्दा २३ वर्षिय चौलागाईले दुई बच्चासहित परिवारलाई बाहिर तानेर सुरक्षित राखेको स्थानीयलाई उद्धृत गर्दै समाजसेवी एवं युवा नेता किरण चौलागाईले जानकारी दिए । घर भत्किएपछि उनीहरु अहिले आफन्तको शरणमा रहेका छन् । पहिरो आउने क्रम जारी रहेकाले सो क्षेत्र अहिले पनि जोखिमपूर्ण रहेको चौलागाईले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमाले बाँकेको क्षेत्रीय बैठक सम्पन्न

२५ आश्विन २०७९, मंगलवार १४:४८
खजुरा (बाँके) : नेकपा (एमाले) बाँके क्षेत्र न ३ को क्षेत्रीय कमिटीको बैठक खजुरामा सम्पन्न भएको छ । नेकपा (एमाले)का नेता कमरेड बाबुराम गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले बाबुराम गौतम संयोजक, नन्द बिश्वकर्मा र पदम धिताल सह–संयोजक र करिम खान सचिव रहने गरि ३८१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको […]