नेपालगञ्जका प्रमुख विष्टलाई डेंगु

सदरलाइन संवाददाता १४ आश्विन २०७९, शुक्रबार १६:३९
 

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टलाई डेंगु संक्रमण पुष्टि भएको छ । डेंगु पुष्टि भएपछि बिष्ट अस्पताल भर्ना भएका छन् ।

बुधबार साँझदेखि उच्च ज्वरो र जिउ दुख्ने समस्या देखिएपछि विष्टले बिहीवार स्वास्थ्य जाँच गराएका थिए ।


उनी शुक्रवार नेपालगञ्ज मेडिकल कलेजमा भर्ना भएका छन् । विष्ट मेडिकल वार्डको १३३ नम्बर क्याबिनमा उपचाररत छन् । उनलाई उच्च ज्वरो आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बडा दशैँको शनिवार छैठौँ दिन माँ कात्यायनीको पूजा गरिँदै

१४ आश्विन २०७९, शुक्रबार १६:३९
नेपालगञ्ज : बडा दशैँ अन्तर्गत शनिवार छैठौँ दिन कात्यायनी भगवतीको पूजा गरिँदैछ । घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रुपहरुको पूजा गरिन्छ । आजको दिनमा कात्यायनी भगवतीको पूजा गरे रोग, शोक, भय, दुःख जस्ता सङ्कट नाश हुने धार्मिक विश्वास रहेको छ । नवरात्रिका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, […]