२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

कोहलपुरको लाहुरे रेष्टुरेण्ट एण्ड बारमा तोडफोड



कोहलपुर (बाँके : कोहलपुर नगरपालिका–११ चौराह नजिकै रहेका लाहुरे रेष्टुरेण्ट एण्ड बारमा तोडफोड भएको छ । बिहीवार राती करिब १ बजेतिर अज्ञात समूहहरुले तोडफोड गरेका छन् । लाहुरे रेष्टुरेण्ट एण्ड बारका सञ्चालक प्रेम बहादुर शाहीले बोर्ड, बेन्च, टायल, ढोकाहरु तोडफोड भएको बताए ।

केही समयपछि अर्को पसलको ताला समेत तोडफोड भएको छ । तर पसलबाट के के सामान चोरी भएको भन्ने खुलेको छैन । इलाका प्रहरी कार्यालयका प्रमुख ऐन बहादुर मल्ले अनुसन्धान गरिरहेका छौं तोडफोड गर्ने व्यक्तिहरु पक्राउ गर्ने बताए ।

२४ सै घण्टा चौराहमा प्रहरीले डिउटी गरिरहको हुन्छ तर तोडफोड हुन प्रहरी ध्यान नदिएको हुनसक्ने स्थानियहरूले बताएका छन् ।

प्रकाशित मिति : २०७९ असोज १४ गते शुक्रबार
ताजा समाचार