नेपालगञ्ज : चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बनेको छ । गत सोमबारदेखि धनगढीमा २०औं पटकको अनशन बसेका केसीको अवस्था बिग्रिएपछि केसीलाई सेती प्रादेशिक अस्पताल भर्ना गरिएको थियो ।
हाल उनको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार केसीले मुखबाट पानी र नशाबाट रिङगर नदिन लिखित रुपमै भनेकाले पोषण तत्व शरिरमा कमी भएको छ ।
अस्पतालले केसीको टाउको दुख्ने, रिंगटा लाग्ने, स्वास फेर्न गाह्रो हुने, छाती दुख्ने, शरीरको मांशपेशी दुख्ने, मुटुको धड्कन बढ्नेदेखि पाँचौ दिनसम्ममा २ केजी तौल घटेको जानकारी गराएको छ ।
केसीको हाल अस्पतालमा चिकित्सकहरुको उच्च निगरानीमा राखी उपचार भइरहेको छ ।