दार्चुला : दार्चुलामा बाढी र पहिरोमा परि पाँच जनाको ज्यान गएको छ भने तीन जना बेपत्ता भएक छन् ।
नौगाड गाउँपालिका र महाकाली नगरपालिकामा आएको बाढीमा परि नौगाड गाउँपालिकाका जानकी ठगुन्ना, धनुली ठगुन्ना, मोहनराम पार्की, महाकाली नगरपालिका वडा नम्बर १ की मानमती कार्की र महाकाली नगरपालिका वडा नम्बर २ का नन्दराम बोहोराको ज्यान गएको हो ।
नन्दरामको बाढीमा परि ज्यान गएको हो भने बाँकी चार जनाको पहिरोका कारण ज्यान गएको पाँच जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी सहायक निरीक्षक लोकेन्द्रबहादुर चन्दले जानकारी दिए । बेपत्ता भएकाहरूको खोजी भइरहेको उनले बताए । यस्तै तीन जना गम्भीर घाइते छन् ।
दार्चुलामा गएरातिदेखिको गातारको वर्षापछि आएको बाढी, पहिरोका कारण १२ वटा घर बगाएको छ । जोखिम क्षेत्रका मानिसहरूलाई सुरक्षित ठाउँमा सारिएको छ ।
बाढीले दर्जनौँ घर बगाउनुका साथै लास्को खोलाको झोलुङ्गे पुल पनि बगाएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार रातिदेखि अहिलेसम्म उद्धार कार्य भइरहेकाले क्षतिको पूरै विवरण प्राप्त हुन बाँकी रहेको छ ।