चार दिनदेखि हराइरहेकी कैलालीकी आस्था मृत फेला

सदरलाइन संवाददाता २४ भाद्र २०७९, शुक्रबार १३:२४
 

कैलाली : चार दिनदेखि हराइरहेकी धनगढी उपमहानगरपालिका–१३, मोहनपुरकी आस्था शर्मा मृत अवस्थामा फेला परेकी छन् ।

उनको शव नेपाल–भारत सीमामा पर्ने त्रिनगर मोहना नदी किनारमा शुक्रबार बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी सोमेन्द्र राठौरले जानकारी दिए ।

उनले लगाएको ट्र्याकको गोजीमा आस्था शर्मा लेखिएको कागज फेला परेको प्रहरीले बताएको छ । कागजमा कविता लेखिएको र कविताको अन्त्यमा आस्था शर्मा लेखिएको प्रहरीले जनाएको छ ।


गत सोमबार बिहान ‘स्कुल जान्छु’ भन्दै विद्यालयको पोसाकमा घरबाट निस्किएकी आस्था त्यसपछि सम्पर्कविहीन भएकी थिइन् ।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपाल मानव धर्म सेवा समितिले शनिबार रक्तदान गर्ने

२४ भाद्र २०७९, शुक्रबार १३:२४
नेपालगञ्ज : ‘रक्तदान जीवन दान, आत्मज्ञान अतिमहान, सेवा गर्ने हाम्रो अभियान’ भन्ने मुल नारका साथ शनिवार रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । नेपाल मानव धर्म सेवा समिति राप्ती भेरी क्षेत्र आश्रम, नेपालगञ्जले रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । आश्रमले शनिबार नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ स्थित कारकादोमा रहेको आफ्नै […]

सम्बन्धित