बाँकेमा बढ्दै कोरोना, एकैदिन १४ संक्रमित थपिए

सदरलाइन संवाददाता ३१ श्रावण २०७९, मंगलवार १४:१६
 

नेपालगञ्ज : बाँकेमा मंगलवार थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पतालमा ५, नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा ४, जमुनाहा नाकामा ३ र राप्तीसोनारी गाउँपालिकामा २ गरी १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए ।

संक्रमण पुष्टि भएकामध्ये एकजना भने जिल्ला बाहिरका हुन् । मंगलवार संक्रमण पुष्टि भएकासहित बाँकेमा हालसम्म कोरोनबाट २१ हजार २९० जना संक्रमित भइसकेका छन् । यस्तै थप २ जना निको भएका छन् ।


योसहित निको हुनेको संख्या २० हजार ८४५ पुगेको वलीले बताए । जिल्लामा सक्रिय संक्रमितको संख्या ९२ पुगेको छ ।

५ जनाको भेरी अस्पतालमा उपचार भइरहेको छ भने ८७ जना होमआइसोलेसनमा बसिरहेका छन् । लक्षण चिन्हसहितका बिरामीलाई भेरी अस्पतालको कोभिड वार्डमा लैजाने गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लागु औषधसहित बाँकेमा दुई जना पक्राउ

३१ श्रावण २०७९, मंगलवार १४:१६
नेपालगञ्ज : नेपालगञ्जको जमुनाहा नाकाबाट प्रतिबन्धित लागु औषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका–१३ का प्रमोद सिंह ठाकुर र विकास सिंह ठाकुरलाई ५ ग्राम ५ मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरिएको जमुनाहा प्रहरीका इन्चार्ज माधव रिजालले बताए । रुपईडिहाबाट नेपालगञ्जतर्फ आउँदै गरेको भे ८ प १७५३ नम्वरको मोटरसाइकल […]