बाँकेमा कोरोना कहर, २१ संक्रमित थपिए, ६ जना डिस्चार्ज

सदरलाइन संवाददाता २६ श्रावण २०७९, बिहीबार १४:४१
 

नेपालगञ्ज : बाँकेमा बिहीवार थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालमा २३ जनाको नमुना जाँच गर्दा १६ जना, मेडिकल कलेज कोहलपुरमा ४ जना र राप्तीसोनारीमा एकजना गरी थप २१ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिए ।

संक्रमण पुष्टि भएकामध्ये ५ जना जिल्ला बाहिरका छन् । बिहीवार संक्रमण पुष्टि भएकासहित बाँकेमा कूल कोरोना संक्रमितको संख्या २१ हजार २५९ पुगेको छ । यस्तै बिहीवार ६ जना डिस्चार्ज भएका छन् ।


योसँगै जिल्लामा डिस्चार्ज हुनेको संख्या २० हजार ८२३ पुगेको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या ८३ रहेको फोकलपर्सन वलीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णालीमा अझै ६० हजार पाठ्यपुस्तक अभाव

२६ श्रावण २०७९, बिहीबार १४:४१
नेपालगञ्ज : कर्णाली प्रदेशमा अझै करिब ६० हजार पाठ्यपुस्तक अभाव छ । जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय सुर्खेतले कर्णालीका सुर्खेत, दैलेख र जाजरकोटमा पर्याप्त पाठ्य पुस्तक पठाउन नसकेको जनाएको छ । यी जिल्लाका लागि आवश्यक करिब ६० हजार पुस्तक पठाउन केन्द्रसँग माग गरिएको छ । जनक शिक्षाका प्रादेशिक कार्यालय […]